+
+
Shares
फ्राइडे रिलिज :

हलमा लागे सुरक्षा पन्त स्टारर ‘धागो’ र हलिउडको ‘द रनिङ म्यान’

अनलाइनखबर अनलाइनखबर
२०८२ कात्तिक २८ गते १३:१३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाल र भारतबाट एकसाथ रिलिज भएको नेपाली फिल्म 'धागो'ले सीमावर्ती नेपाली परिवारको भावनात्मक जीवन र सामाजिक यथार्थ देखाएको छ।
  • हलिउड फिल्म 'द रनिङ म्यान' सन् १९८७ को फिल्मको दोस्रो रूपान्तरण हो र आजदेखि सार्वजनिक प्रदर्शनमा आएको छ।
  • 'धागो' फिल्ममा सुरक्षा पन्तले प्रमुख भूमिका निभाएकी छन् भने 'द रनिङ म्यान' मा ग्लेन पावेल शीर्ष भूमिकामा छन्।

काठमाडौं । शुक्रबारदेखि नेपालका हलमा दुई फिल्म रिलिज भएका छन् । नेपाली भाषाको ‘धागो’ र हलिउडको ‘द रनिङ म्यान’ रिलिज भएका छन् ।

भारतको डुवर्स क्षेत्रमा छायांकन गरिएको ‘धागो’ नेपाल र भारतबाट एकसाथ प्रदर्शनमा आएको हो ।

उदिप राणा थापाको निर्देशनमा बनेको फिल्मले नेपाल-भारत सीमावर्ती क्षेत्रमा बसोबास गर्ने नेपाली परिवारको भावनात्मक जीवन, आर्थिक चुनौती र सामाजिक यथार्थलाई कथा पेश गर्छ ।

‘धागो’ भारतका पहाडी क्षेत्र, सिलीगुढी, दार्जीलिङ, गान्तोक, कालिम्पोङ, कुरसाङ, डुवर्स जस्ता नेपाली भाषी दर्शक धेरै बसोबास गर्ने क्षेत्रमा रिलिज भएको छ ।

फिल्ममा अभिनेत्री सुरक्षा पन्तले प्रमुख भूमिका निर्वाह गरेकी छन् । साथमा प्रभात थापा, सुरभी थापा, बुद्धि तामाङ, सुनील थापालगायतको अभिनय छ । यो फिल्मको रनटाइम १४६ मिनेट छ ।

हलिउडको ‘द रनिङ म्यान’ पनि आजदेखि

डिस्टोपियन, एक्सन, थ्रीलर फिल्म ‘द रनिङ म्यान’ पनि आजदेखि सार्वजनिक प्रदर्शनमा आएको छ । यो सन् १९८७ को फिल्म पछि, स्टीफन किङको १९८२ को उपन्यासको दोस्रो रूपान्तरण हो ।

कलाकारमा ग्लेन पावेल शीर्ष भूमिकामा छन् । अभिनय कलाकारमा वलियम एच मेसी, ली पेस, माइकल सेरा, एमिलिया जोन्स, डेनियल एज्रा, जेमे लसन, केटी ओ’ब्रायन, शन हेस, कोलम्यान डोमिंगो र जोश ब्रोलिन समावेश छन् ।

फिल्मको सारांश छ- ‘एकजना मानिस एउटा गेम शोमा सामेल हुन्छ जहाँ प्रतियोगीलाई संसारको जुनसुकै ठाउँमा जान अनुमति दिइन्छ, तर तिनीहरूलाई मार्न भाडामा लिइएका ‘शिकारीहरू’ ले पछ्याउँछन् ।’

यो फिल्मको रनटाइम १३३ मिनेट छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?