
News Summary
Generated by OK AI. Editorially reviewed.- सिनेमा 'रिमै'को अग्रिम टिकट बुकिङ खुल्ला गरिएको छ र देशभरका हलले १०० शो प्रकाशित गरेका छन्।
- शुक्रबारबाट हलिउडको हरर फिल्म 'द कन्जुरिङ : लास्ट राइट्स' १५७ शोसहित प्रदर्शनमा आउँदैछ।
- टाइगर श्राफ स्टारर 'बागी ४'ले १४५ शो पाएको छ र 'डेमन स्लेयर' पनि प्रदर्शन तयारीमा छ।
काठमाडौं । शुक्रबारबाट प्रदर्शनमा आउने सिनेमा ‘रिमै’ को अग्रिम टिकट बुकिङ खुल्ला गरिएको छ ।
बिहीबार साँझसम्म देशभरका मल्टीप्लेक्सदेखि सिंगल स्क्रिन हलसम्मले शो प्रकाशित गरेका छन् ।
अभिनेता दयाहाङ राई र अभिनेत्री रिश्मा गुरुङको मुख्य भूमिका रहेको ‘रिमै’लाई हलले १०० शो प्रदान गरेका छन् ।
रिमैले गुरुङ संस्कार र संस्कृतिमा आधारित प्रेमकथा पेश गर्छ । खिलबहादुर गुरुङ निर्देशित फिल्मको पटकथा उपेन्द्र सुब्बाले लेखेका हुन् । यो फिल्मको रनटाइम १३५ मिनेट छ ।
शुक्रबारदेखि हलिउडको बहुप्रतीक्षित हरर फिल्म ‘द कन्जुरिङ : लास्ट राइट्स’ पनि रिलिज हुँदैछ । यो फिल्मले १५७ शोज पाएको छ ।
टाइगर श्राफ स्टारर ‘बागी ४’ले शुक्रबारको लागि कूल १४५ शो पाएको छ । शुक्रबार अर्को विदेशी फिल्म ‘डेमन स्लेयर’ पनि प्रदर्शन तयारीमा छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4