
News Summary
Generated by OK AI. Editorially reviewed.- यस शुक्रबार नेपाली हलमा ६ विदेशी फिल्म प्रदर्शनमा आउनेछन्।
- आमिर खानको ‘सितारे जमीन पर’ विहिबारदेखि नै सार्वजनिक भएको छ।
- हलिउडका ‘एफ वान’, ‘मेगन ३’ र ‘कनप्पा’ लगायत जापानी ‘नारुतो द मूभी’ रिलिज हुँदैछन्।
काठमाडौं । यस शुक्रबार नेपाली हलमा ६ विदेशी एकसाथ प्रदर्शनमा आउँदैछन् । आमिर खानको ‘सितारे जमीन पर’ विहिबारदेखि नै सार्वजनिक प्रदर्शनमा आएको छ ।
प्रदर्शन हुन लागेकामा हलिउडका दुई प्रतीक्षित ‘एफ वान’ र ‘मेगन ३’ छन् । भारतको ‘मा’ र र ‘कनप्पा’ तथा जापानी मांगा श्रृंखलाको फिल्म ‘नारुतो द मूभी : निन्जा कल्यास इन द ल्यान्ड इन स्नो’ रिलिज हुँदैछन् ।
नयाँ नेपाली फिल्म रिलिज यो साता छैन ।
ब्राड पिट स्टारर ‘एफ वान’ एक फर्मुला वान चालकको कथा हो जो अवकासपछि नयाँ चालकसँग सहकार्य गर्छ । १५५ मिनेट रनटाइमको यो फिल्मलाई ड्रामा जनरामा राखिएको छ ।
काजल स्टारर बलिउड हरर फिल्म ‘मा’ पनि रिलिज हुँदैछ । आमाले छोरालाई सुपरन्याचुरल शक्तिबाट जोगाउन गर्ने संघर्षको कथावस्तुमा बनेको यो फिल्मको रनटाइम १३६ मिनेट छ ।
हलिउडको प्रतीक्षित ‘मेगन ३’ पनि आउँदैछ । थ्रीलर र हरर कथावस्तुमा बनेको यो फिल्मलाई जेमिन क्लेमेन्ट, एलिसन विलियम्स, इभाना साख्नोको शीर्ष भूमिका छ ।
प्रभास र अक्षयकुमारको फिल्म ‘कनप्पा’ पनि शुक्रबारदेखि लाग्दैछ । १९२ मिनेट रनटाइमको यो फिल्मलाई एक्सन ड्रामा जनरामा राखिएको छ ।
जापानी मांगा सिरिजको पछिल्लो फिल्म ‘नारुतो द मूभी : निन्जा क्ल्यास इन द ल्याण्ड अफ स्नो’ पनि प्रदर्शन हुँदैछ । एक्सन एड्भेन्चर जनरामा राखिएको यो फिल्मको रनटाइम ८७ मिनेट छ ।
तपाईं विविध जनराका फिल्म रुचाउनुहुन्छ भने शुक्रबार तपाईंलाई रुचि र सुविधाअनुसार फिल्म हेर्ने सुविधा छ ।
प्रतिक्रिया 4