
News Summary
Generated by OK AI. Editorially reviewed.- शुक्रबारदेखि नेपालका हलमा नेपाली फिल्म 'यो मन त मेरो नेपाली हो', हलिउड फिल्म 'सुपरम्यान' र बलिउड फिल्म 'मालिक' प्रदर्शनमा आएका छन्।
- 'यो मन त मेरो नेपाली हो' मित्र प्रधान निर्देशित सोसल ड्रामा हो जसले नेपाली राष्ट्रियता, भाषा र संस्कृतिको संरक्षणको कथा प्रस्तुत गर्छ।
- 'सुपरम्यान' हलिउड सुपरहिरो फिल्म हो जसमा सत्ता र प्रणालीविरुद्ध संघर्ष गर्ने पात्रको कथा छ भने 'मालिक' हिन्दी ग्याङस्टर ड्रामा हो।
काठमाडौं । शुक्रबारदेखि नेपालका हलमा ३ फिल्म प्रदर्शनमा आएका छन् । नेपाली भाषाको ‘यो मन त मेरो नेपाली हो’, हलिउडको बहुप्रतीक्षित सुपरहिरो फिल्म ‘सुपरम्यान’ र बलिउडको ‘मालिक’ रिलिज भएका छन् ।
‘यो मन त मेरो नेपाली हो’लाई सोसल ड्रामा जनरामा राखिएको छ । मित्र प्रधान निर्देशित फिल्मले नेपाली राष्ट्रियता, भाषा, संस्कृति प्रवर्धन र संरक्षण गर्न नेपालीभाषी समुदायले गरेको संघर्षको कथा प्रस्तुत छ ।
यसमा विजय बराल, आयुशा समाल, विल्सनविक्रम राई, बुद्धि तामाङ, रोशन श्रेष्ठको अभिनय छ । युनिभर्सल सर्टिफिकेट प्राप्त गरेको यो फिल्मको रनटाइम १२६ मिनेट छ ।
‘सुपरम्यान’ डीसी कमिक्समा आधारित हलिउड सुपरहिरो फिल्म हो । तपाईंले सुपरम्यान पात्रका अंग्रेजी फिल्म हेर्नुभएको छ भने यो फिल्म रुचिकर हुनसक्छ ।
डेभिन कर्नस्वेट, रचेल ब्रोसनान, निकोलस हल्टको शीर्ष भूमिका रहेको फिल्मले सत्ता र प्रणालीविरुद्ध र नागरिकको हितको लागि संघर्ष गर्ने मुख्य पात्रको कथा भन्छ । पीजी सर्टिफिकेट प्राप्त फिल्मको रनटाइम १३० मिनेट छ ।
बलिउड फिल्म ‘मालिक’ राजकुमार राव स्टारर हिन्दी ग्याङस्टर ड्रामा हो । रावसहित हुमा कुरेशी र मेधा शंकर अभिनित फिल्मलाई एक्सन र क्राइम जनरामा राखिएको छ ।
प्रतिक्रिया 4