
News Summary
Generated by OK AI. Editorially reviewed.- शुक्रबारदेखि नेपालका हलमा ४ नयाँ फिल्म प्रदर्शन हुनेछन्।
- राजेश हमालको ‘नरसिंहा अवतार’ले १३३ शो पाएको छ।
- ‘ऊनको स्विटर’ले ११२ शो पाएको छ, जसले व्यापारलाई दर्शाउँछ।
काठमाडौं । शुक्रबारदेखि नेपालका हलमा ४ नयाँ फिल्म प्रदर्शनमा आउँदैछन् । राजेश हमालले ८ वर्षपछि पुनरागमन गर्न लागेको फिल्म ‘नरसिंहा अवतार’देखि टम क्रुज स्टारर हलिउडको बहुप्रतीक्षित ‘मिसन इम्पोसिबल : द फाइनल रेकोनिङ’ प्रदर्शन हुनेछन् ।
यीबाहेक अर्को एक हलिउड फिल्म ‘लिलो एन्ड स्टिच’ र बलिउडको ‘भूलचुक माफ’ प्रदर्शन हुनेछन् । हाइप, स्टारकास्ट र ब्यानर हेरेर प्रदर्शकले यी फिल्मलाई शो विभाजन गरेका छन् ।
सबैभन्दा धेरै शो राजेश हमालको ‘नरसिंहा अवतार’ले पाएको छ । शुक्रबारको लागि यो फिल्मको देशब्यापी शो संख्या १३३ छ । टम क्रुजको ‘मिसन इम्पोसिबल ८’ले देशभर १२५ शो पाएको छ ।
राजकुमार राव स्टारर हिन्दी फिल्म ‘भुलचुक माफ’ ८६ र ‘लिलो एण्ड स्टिच’ले २६ शो पाएका छन् । प्रदर्शनरत ‘ऊनको स्विटर’ले तेस्रो शुक्रबारको लागि ११२ शो पाएको छ । तेस्रो सातासम्म आइपुग्दा यति शो होल्ड गर्नुले ‘ऊनको स्विटर’को ब्यापारलाई दर्शाउँछ ।
गत शुक्रबार रिलिज भएको दीपेन्द्र के खनाल निर्देशित फिल्म ‘के घर के डेरा’ले शुक्रबार देशब्यापी १९ शो पाएको देखिन्छ । हलमा अहिले हलिउडको ‘फाइनल डेस्टिनेसन : ब्लडलाइन्स’, अजय देवगनको ‘रेड २’, हलिउडको ‘थन्डरबोल्ट्स’, पिताम्बर, अञ्जिला र लाज शरणम् प्रदर्शनरत छन् ।
प्रतिक्रिया 4