+
+
Shares
फ्राइडे रिलिज :

३ सातापछि हलमा नेपाली फिल्म, ‘रियाल रिंगेट’सहित ४ रिलिज

अनलाइनखबर अनलाइनखबर
२०८२ साउन १६ गते १३:३२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नीता ढुंगाना स्टारर नेपाली फिल्म 'रियाल रिंगेट' असार २७ पछि पहिलो पटक प्रदर्शनमा आएको छ।
  • 'रियाल रिंगेट'ले खाडी र मलेसियामा वैदेशिक रोजगारीमा नेपालीले भोग्ने समस्या देखाएको छ।
  • अजय देवगणको 'सन अफ सरदार २', 'धडक २' र 'साम्राज्य' बलिउड तथा दक्षिण भारतीय फिल्म पनि प्रदर्शनमा आएका छन्।

काठमाडौं । हलमा शुक्रबार एक नेपालीसहित ४ फिल्म प्रदर्शनमा आएका छन् । नीता ढुंगाना स्टारर ‘रियाल रिंगेट’ रिलिज भएको छ ।

हलमा नेपाली फिल्म ३ सातापछि प्रदर्शनमा आएको हो । असार २७ मा ‘यो मन त मेरो नेपाली हो’ प्रदर्शनमा आएयता कुनै पनि नेपाली फिल्म रिलिज भएका थिएनन् ।

विभोर पोखरेल निर्देशित ‘रियाल रिंगेट’ले वैदेशिक रोजगारीमा खाडी र मलेसियामा जाँदा नेपालीले भोग्नुपरेको समस्या र पीडाको कथा पेश गर्छ । तपाईंलाई वैदेशिक रोजगारीको कथामा फिल्म हेर्न मन छ यो फिल्म दर्शनीय हुनसक्छ ।

यो फिल्ममा प्रमोद चौलागाईं, नीता ढुंगाना, रविन्द्र खड्का, रोशन श्रेष्ठको अभिनय छ । यो फिल्मको रनटाइम १३५ मिनेट छ ।

यसबाहेक, अजय देवगण स्टारर बलिउड फिल्म ‘सन अफ सरदार २’, सिद्धार्थ चतुर्वेदी र तृप्ती डिमरीको ‘धडक २’, विजय देवरकोन्डा स्टारर दक्षिण भारतीय फिल्म ‘साम्राज्य’ रिलिज भएका छन् ।

बलिउड फिल्म ‘सैयारा’को बक्सअफिस लहर जारी रहँदा नयाँ फिल्म प्रदर्शनमा आएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?