+
+
Shares
फ्राइडे रिलिज :

‘परान’ र ‘बाहुबली : द एपिक’ हलमा लागे

अनलाइनखबर अनलाइनखबर
२०८२ कात्तिक १४ गते ११:३४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • शुक्रबारदेखि नेपालका हलमा नेपाली फिल्म 'परान' र भारतीय फिल्म 'बाहुबली : द एपिक' प्रदर्शनमा आएका छन्।
  • फिल्म 'परान'ले अभिभावक र सन्तानबीचको अपेक्षा र सम्बन्धको कथा भन्छ र दीपक आचार्यको डेब्यू निर्देशकीय फिचर हो।
  • भारतीय फिल्म 'बाहुबली : द एपिक'मा अघिल्ला दुई भागको कथावस्तु समावेश छ र दर्शकले नयाँ कुरा पनि हेर्न पाउने जनाइएको छ।

काठमाडौं । शुक्रबारदेखि नेपालका हलमा नेपाली भाषाको फिल्म ‘परान’ र दक्षिण भारतीय फिल्म ‘बाहुबली : द एपिक’ प्रदर्शनमा आएका छन् ।

ड्रामा जनरामा राखिएको फिल्म ‘परान’ ले अभिभावक र सन्तानबीचको अपेक्षा र सम्बन्धको कथा भन्छ ।

यसअघि मेरी बास्सै, भद्रगोल, सक्किगो निजस्ता चर्चित टिभी श्रृंखलामा काम गरेका दीपक आचार्य ‘काकु’को यो डेब्यू निर्देशकीय फिचर हो ।

धनकुटाको परिवेशमा छायांकन गरिएको फिल्मले धर्मनाथ (नीर शाह)को पात्रको कथा भन्छ । सन्तानलाई आफ्नो सम्पत्ति मान्ने उक्त पात्रले बुढेसकाल पनि उनीहरूसँगै जिउने सपना देखेको हुन्छ ।

तर, सम्बन्धमा यस्तो घुम्ती आउँछ जुन बुझ्न फिल्म नै हेर्नुपर्छ । ‘परान’को रनटाइम १४६ मिनेट छ । सबै उमेरका दर्शकले यो फिल्म हेर्न सक्नेछन् ।

फिल्ममा नीर शाह, मदनकृष्ण श्रेष्ठ, पूजा चन्द लगायतको अभिनय छ । तपाईंलाई पारिवारिक कथावस्तुका फिल्ममा रुछि भने यो फिल्म दर्शनीय हुनसक्छ ।

शुक्रबारदेखि नै भारतीय फिल्म ‘बाहुबली : द एपिक’ प्रदर्शनमा आएको छ । एसएस राजामौली निर्देशित यो फिल्ममा अघिल्ला दुई भागको कथावस्तु समावेश रहेको र दर्शकले थप नयाँ कुरा पनि हेर्न पाउने जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?