+
+
Shares

‘परान’ ले दर्शकको हातबाट केक काटेर मनायो ७५ औं दिन

अनलाइनखबर अनलाइनखबर
२०८२ पुष २९ गते २०:२२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नीर शाह स्टारर फिल्म 'परान'ले प्रदर्शनको ७५ औं दिनमा १७ करोड ७५ लाख रुपैयाँ ग्रस कलेक्सन गरेको छ।
  • फिल्म युनिटले सामाखुसीस्थित सिटी स्क्वायर सिनेमा हलमा दर्शकसँग भेटेर केक काटेर ७५ औं दिन मनाएको छ।
  • मंगलबारदेखि खल्ती एपबाट टिकट काट्ने दर्शकलाई ७५ रुपैयाँ छुट दिइएको छ र अर्जुन घिमिरे पाँडेले निर्देशन गरेका छन्।

काठमाडौं । नीर शाह स्टारर फिल्म ‘परान’ ब्लकबस्टर बन्ने बाटोतर्फ उन्मुख छ । पछिल्लो शनिबारसम्म फिल्मले १७ करोड ७५ लाख रुपैयाँ ग्रस कलेक्सन गरेको छ ।

मंगलबार फिल्मले प्रदर्शनको ७५ औं दिन मनाएको छ । फिल्म हेर्न पुगेका दर्शकको हातबाट केक काटेर फिल्मले यो उपलब्धि सेलिब्रेसन गर्‍यो ।

सामाखुसीस्थित सिटी स्क्वायर सिनेमा हलमा फिल्म युनिट दर्शकलाई भेट्न पुगेको थियो । सोही अवसरमा हलले केक काट्ने व्यवस्था गरिदियो र त्यसमा फिल्मको टोली पनि सामेल भयो ।

दर्शककको हातबाट काटिएको केकलाई सबैले खुसी मानेर चाखे । यस्तो एक दर्शक जसले यो फिल्म हेरेपछि विदेशमा रहेका छोरालाई घर बोलाए । बाउछोरा मिलेर फिल्म हेर्न पुगेका थिए । उनीहरूको हातबाटै केक काटिएको हो ।

मंगलबारदेखि केही दिनका लागी खल्ती एपबाट टिकट काट्ने दर्शकलाई ७५ रुपैयाँ छुट दिइएको छ ।

अर्जुन घिमिरे पाँडे निर्देशित यो फिल्ममा शाहसहित मदनकृष्ण श्रेष्ठ, महेश त्रिपाठी, केकी अधिकारी, अञ्जना बराइली, प्रवीण खतिवडा, बुद्धि तामाङ लगायतको अभिनय छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?