Listen News
0:00
0:30
News Summary
Generated by OK AI. Editorially reviewed.- फिल्म 'परान' ले प्रदर्शनको ५१ औं दिन बुढानिलकण्ठस्थित पवित्र समाजसेवा अनाथ आश्रममा न्यानो कपडा वितरण गर्यो।
- फिल्मले ३ पुससम्म १७ करोड ५५ लाख ३४ हजार ५३० नेरु ग्रस कमाएको छ र 'छक्कापञ्जा ४' र 'जारी' लाई उछिनेको छ।
- 'परान' नेपाली फिल्मको व्यवसायिक इतिहासमा सर्वाधिक कमाइ गर्ने चौंथो फिल्म बनेको छ र दीपकप्रसाद आचार्य 'काकु' ले निर्देशन गरेका छन्।
काठमाडौं । सुपरहिट फिल्म ‘परान’ ले शनिबार प्रदर्शनको ५१ औं दिन मनाएको छ । यस अवसरमा फिल्मले बुढानिलकण्ठस्थित पवित्र समाजसेवा अनाथ आश्रममा न्यानो कपडा वितरण गर्यो ।
फिल्मले ३ पुस, बिहीबारसम्म (प्रदर्शनको ४९ औं दिन) सिनेपाः बक्सअफिसमा १७ करोड ५५ लाख ३४ हजार ५३० नेरु ग्रस कमाएको छ । फिल्मले ‘छक्कापञ्जा ४’ र ‘जारी’ को कमाइलाई उछिनेको छ ।
यो फिल्मले नेपाली फिल्मको व्यवसायिक इतिहासमा सर्वाधिक कमाइ गर्ने चौंथो फिल्म समेते बनेको छ ।

५१ औं दिनको अवसरमा निर्माता, निर्देशक र कलाकारले उक्त आश्रममा आश्रितलाई न्यानो लुगा वितरण गरे ।
यस फिल्ममा नीर शाह, मदनकृष्ण श्रेष्ठ, पूजा चन्द, केकी अधिकारी, अञ्जना बराइली, महेश त्रिपाठी, प्रविण खतिवडा, बुद्धि तामाङ लगायतको अभिनय छ । फिल्मलाई दीपकप्रसाद आचार्य ‘काकु’ ले निर्देशन गरेका हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4