+
+
Shares

‘भ्वाइस किड्स’ चौंथो सिजनको उपाधि सोनाली राजभण्डारीलाई

विजेता भएसँगै सोनालीले १० लाख रुपैयाँ नगद र अन्य पुरस्कार प्राप्त गरिन् । जितपछि अनलाइनखबरलाई प्रतिक्रिया दिँदै सोनालीले मिहेनत सफल भएको भन्दै खुसी व्यक्त गरिन् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ साउन २४ गते २३:२०

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सोनाली राजभण्डारीले शनिबार सम्पन्न 'भ्वाइस किड्स' चौंथो सिजनको उपाधि जितेकी छन्।
  • उपाधि जितेपछि सोनालीले १० लाख रुपैयाँ नगद र अन्य पुरस्कार प्राप्त गरिन्।
  • फिनालेमा आठ जना प्रतिस्पर्धी थिए र विजेतालाई सर्वाधिक भोटका आधारमा घोषणा गरिएको थियो।

काठमाडौं । ‘भ्वाइस किड्स’ चौंथो सिजनको उपाधि सोनाली राजभण्डारीले जितेकी छन् । शनिबार आयोजित ग्रान्ड फिनालेमा कोच मेलिना राईको टिमकी उनले उपाधि जितिन् ।

सर्वाधिक भोट ल्याएको आधारमा उपाधि विजेता घोषणा गरिएको हो । विजेतालाई हिमालय टेलिभिजनका अध्यक्ष धर्मराज भुसाल लगायतका अतिथिले पुरस्कार प्रदान गरे ।

विजेता भएसँगै सोनालीले १० लाख रुपैयाँ नगद र अन्य पुरस्कार प्राप्त गरिन् । जितपछि अनलाइनखबरलाई प्रतिक्रिया दिँदै सोनालीले मिहेनत सफल भएको भन्दै खुसी व्यक्त गरिन् ।

आफ्नो टिमकी सोनालीले उपाधि चुमेपछि कोच मेलिनाले एकदमै खुसी लागेको बताइन् ।  उपाधिका लागि फिनालेमा ८ जनाले प्रतिस्पर्धा गरेका थिए । फिनालेमा कोच खेम सेन्चुरीको समूहबाट दिलिजा रुवाली र आदर्श धितालले फाइनलिस्ट थिए ।

कोच मेलिना राईको समूहबाट सोनाली र नोरेन लोय क्षेत्री, कोच सत्यराज आचार्यको टिमबाट रिदम खड्का र स्मयन बजगाइँले प्रतिस्पर्धा गरे । कोच मिलन नेवारको समूहबाट आयन राई र निश्चल लिम्बु फाइनलिस्ट थिए ।

तस्वीरहरू : शंकर गिरी/अनलाइनखबर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?