+
+
Shares
टेलिभिजन :

‘भ्वाइस किड्स’ चौंथो सिजनको सानदार सुरुवात (भिडियो)

१६ वर्षभन्दा तलका बाल प्रतियोगीले मात्र प्रतिस्पर्धा गर्न पाउने मापदण्ड राखिएपनि यी दुई एपिसोड हेर्दा किड्स रियालिटी शो महसुस भएन । ठूलो उमेरका प्रतियोगीले प्रतिस्पर्धा गरेजस्तै आभाष दिलाएको यी दुई एपिसोडमा भक्तराज आचार्य, आशा भोसलका कालजयी गीतदेखि पछिल्लो छिमलका कलाकारका गीत पनि गुञ्जिए ।

अनलाइनखबर अनलाइनखबर
२०८२ असार १ गते १७:२५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • ‘द भ्वाइस किड्स’ को चौंथो सिजनको सुरुवात काठमाडौंमा भएको छ। एपिसोडहरूमा बाल प्रतियोगीहरूले उत्कृष्ट प्रस्तुति दिएका छन्।
  • प्रतियोगितामा उमेर सीमा १६ वर्षभन्दा तल राखिए तापनि ठूलो उमेरका प्रतियोगीले पनि उत्कृष्ट प्रदर्शन गरेका थिए।
  • सिजनको पहिलो र दोस्रो एपिसोडमा कोचहरूले सबै प्रतियोगीलाई घुमाएका थिए र कार्यक्रम सफलतापूर्वक सम्पन्न भयो।

काठमाडौं । ‘द भ्वाइस किड्स’ चौंथो सिजनको सानदार सुरुवात भएको छ । पछिल्लो सप्ताहन्त शुक्रबार र शनिबार प्रसारित प्रारम्भका दुई एपिसोड निकै रोचक, मर्मस्पर्शी र सशक्त रहे ।

१६ वर्षभन्दा तलका बाल प्रतियोगीले मात्र प्रतिस्पर्धा गर्न पाउने मापदण्ड राखिएपनि यी दुई एपिसोड हेर्दा किड्स रियालिटी शो महसुस भएन । ठूलो उमेरका प्रतियोगीले प्रतिस्पर्धा गरेजस्तै आभाष दिलाएको यी दुई एपिसोडमा भक्तराज आचार्य, आशा भोस्लेका कालजयी गीतदेखि पछिल्लो छिमलका कलाकारका गीत पनि गुञ्जिए ।

सबै समयका उत्कृष्ट गीतहरू बाल प्रतियोगीले सानदार प्रस्तुति दिए । ती प्रस्तुतिमा चारै कुर्सी घुमे र त्यहाँ भावना पनि पोखियो ।

भोजपुरका १० वर्षिय मिसन बीकेको प्रस्तुतिसँगै सिजन सुरु भयो । त्यसपछि मञ्चमा उक्लिइन् सिक्किमकी ६ वर्षिया नुसानी राई । ‘बियोण्ड’को गीतमा उनको प्रस्तुतिलाई पनि रुचाइयो । झापाका ७ वर्षिय श्रीमन पोखरेल, पोखराकी १० वर्षिया अनुष्का पाण्डे पनि प्रस्तुति दिए ।

पोखराका ११ वर्षिय हेमन्त सुनारले गाएको ‘पानको पसल’ गीतमा चारै कोचले कुर्सी घुमाए । यो सिजनमा पहिलोपटक चारै कोच घुमेको यो पहिलोपटक हो ।

बेलबारी मोरङका १२ वर्षिय प्रज्वल पौडेलको प्रस्तुति यो एपिसोडको सबै सानदार रह्यो । पुष्पण प्रधानको गीत ‘बाबुको जुंगो’मा माधुर्य प्रस्तुति दिएका प्रज्वलले चारै कोचलाई घुम्न बाध्य तुल्याए ।

दोस्रो एपिसोड शनिबार प्रसारित भयो ।

सोलुखुम्बुका ११ वर्षिय अञ्जनबाबु कट्टेलले चारै कुर्सी घुमाए । सिक्किमका ११ वर्षिय ऐन राई, धनकुटाका ९ वर्षिय असिम कार्कीले पनि सुखद प्रस्तुति दिए ।

बाजुराका ११ वर्षिय प्रशान्त सुनारले फिल्म ‘लाज शरणम्’को मर्मस्पर्शी र चर्चित गीत ‘चोली फेरौंला’ गाएर कोच र दर्शकलाई मर्मस्पर्शी तुल्याए ।

भोजपुरका ७ वर्षिय आदित्य राईले भजन शिरोमणीको गीत ‘मुटु जलिरेहछ’ गाएर मन्त्रमुग्ध तुल्याए । यो गीतमा फर्किएका एकमात्र कोच सत्यराज आचार्यले आफूलाई सम्हाल्न सकेनन् । आफ्ना बुवा समेत रहेका आचार्यले नयाँ पिँढीमा संगीत हस्तान्तरण गरेको बताउँदै उनले आदित्यको गायकीको प्रंशसा गरे ।

सत्यले आँसु बगाएपछि अन्य कोचले उनलाई ढाडस दिए । तेह्रथुमकी ११ वर्षिया अविना लिम्बुले ‘चलेछ बतास सुस्तरी’मा प्रस्तुति दिइन् । मोरङका १० वर्षिय निश्चल लिम्बुपछि मंचमा उक्लिएकी धादिङकी ९ वर्षिया दिलिजा रुवालीले ‘पहाडको माथि माथि’ गाइन् ।

दिलिजाको प्रस्तुतिमा चारै कोचले प्रस्तुति दिए । जेहोस्, भ्याइस किड्सको चौंथो सिजनको सुरुवात दमदार रह्यो । भ्वाइस किड्स प्रत्येक शुक्रबार र शनिबार राती ८ बजेदेखि प्रसारण हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?