+
+
Shares
टेलिभिजन :

एकैसाथ ४ सिंगिङ रियालिटी शो, सबैभन्दा लोकप्रिय कुन् ?

लगभग एउटै संरचना र प्रकृतिका यी टिभी कार्यक्रमको लक्षित दर्शकीय वर्ग पनि एउटै हुन् । साझा उद्देश्य र रुचि बोकेका यी कार्यक्रमले प्रतिभालाई प्लाटफर्म त प्रदान गरेका छन् । तर, यी कार्यक्रमको लोकप्रियतामाथि प्रश्न उठ्न सक्छन् ।

प्रतिक्षा रिजाल प्रतिक्षा रिजाल
२०८२ असार ९ गते १३:२४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाली टेलिभिजनमा चार गायन रियालिटी शो एकै समयमा प्रसारण भइरहेका छन्।
  • ‘भ्वाइस किड्स’को युट्युब भ्यूज सबैभन्दा बढी १० लाखभन्दा बढी भएको छ।
  • यी कार्यक्रमहरूले प्रतिभालाई सांगीतिक प्लाटफर्म प्रदान गर्दैछन्।

काठमाडौं । केही वर्षयता नेपाली टेलिभिजनमा गायन रियालिटी शो आउने क्रम बढ्दो छ । विभिन्न नाममा टिभी च्यानलले यस्तो कार्यक्रम प्रसारण गर्दै आइरहेका छन् ।

नयाँ प्रतिभालाई सांगीतिक प्लाटफर्म प्रदान गर्ने कार्यमा यस्ता कार्यक्रम भूमिका खेलिरहेका छन् । अहिले एकै समयमा गायनमा आधारित ४ कार्यक्रम प्रसारण भैरहेका छन् ।

हिमालय टिभीमा ‘भ्वाइस किड्स’को चौंथो सिजन, एपीवानमा ‘नेपाल आइडल’को छैटौं सिजन, स्पेस फोरके टिभीमा ‘सारेगमप लिटिल च्याम्प्स नेपाल’को दोस्रो सिजन र एनटीभीमा ‘मेरो भ्वाइस युनिभर्स’ प्रसारण भैरहेका छन् ।

लगभग एउटै संरचना र प्रकृतिका यी टिभी कार्यक्रमको लक्षित दर्शकीय वर्ग पनि एउटै हुन् । साझा उद्देश्य र रुचि बोकेका यी कार्यक्रमले प्रतिभालाई प्लाटफर्म त प्रदान गरेका छन् । तर, यी कार्यक्रमको लोकप्रियतामाथि प्रश्न उठ्न सक्छन् ।

‘भ्वाइस किड्स’मा ६ देखि १४ वर्षसम्मका बालबालिकाले प्रतिस्पर्धा गरिरहेका छन् । विश्वचर्चित टिभी कार्यक्रम ‘भ्वाइस’को संरचना र शैलीमा तयार भएको ‘भ्वाइस किड्स’ धेरै हेरिने टिभी कार्यक्रमअन्तर्गत पर्छ । अहिले यसमा ब्लाइन्ड अडिसन चलिरहेको छ र ४ जना कोचले आ-आफ्नो समूहलाई पूर्णता दिने प्रयत्न गरिरहेका छन् ।

‘भ्वाइस किड्स’को कोचमा सत्यराज आचार्य, खेम सेन्चुरी, मिलन नेवार र मेलिना राई छन् ।

‘नेपाल आइडल’ पनि विश्वचर्चित फ्रेन्चाइजीअन्तर्गत पर्छ । नेपाली संस्करणको यो कार्यक्रमको उपाधिको लागि संगीतमा भविष्य बनाउन चाहने युवापुस्ताले प्रतिस्पर्धा गरिरहेका छन् । यो कार्यक्रमको कोचमा न्यूह बज्राचार्य, इन्दिरा जोशी र कालीप्रसाद बाँसकोटा छन् ।

‘सारेगमपा लिटिल च्याम्प्स नेपाल’को अहिले दोस्रो सिजन प्रसारण भैरहेको छ । कार्यक्रममा बालबालिकाले प्रतिस्पर्धा गरिरहेका छन् । कोचको रूपमा सुवानी मोक्तान, दीप श्रेष्ठ र स्वप्न सुमन छन्, जसले प्रतिभालाई गीत चयनदेखि प्रस्तुति र आत्मविश्वासको प्रशिक्षण दिइरहेका छन् ।

‘मेरो भ्वाइस युनिभर्स’ले विदेशमा रहेका नेपालीभाषी प्रतिभालाई एउटै मञ्चमा ल्याउने उद्देश्य राखेको छ । अहिले यसको दोस्रो सिजन नेपाल टेलिभिजनमार्फत प्रसारण भइरहेको छ । निर्णायकमा दीप श्रेष्ठ, सुरेश अधिकारी, अञ्जु पन्त, शिव परियार, कर्मा घेल्छेन बम्जन र लावोनी चक्रवर्ती छन् ।

अमेरिका, युरोप, खाडी मुलुक, अस्ट्रेलिया लगायत विभिन्न देशमा रहेका नेपाली प्रतिभाले भाग लिने यो कार्यक्रमले नेपाली संगीतलाई विश्वस्तरमै चिनाउने काम गरेका शोका निर्माताको दावी छ ।

दर्शकको रोजाइ र साथ हेर्दा यी चारवटै कार्यक्रमको आफ्नो फ्यानबेस छ । कसैले बालप्रतिभाको मिठास सुन्न ‘भ्वाइस किड्स’ रोज्छन्, कोहीलाई नेपाल आइडलको शैली मनपर्छ । कोही ‘मेरो भ्वाइस युनिभर्स’बाट प्रवासी नेपालीको प्रतिनिधित्व देख्न चाहन्छन् । कोही ‘सारेगमप’का जजमार्फत बालगायकको निखार हेर्न चाहन्छन् ।

अब प्रश्न उठ्छ- एकै समय प्रसारणमा आएका यी चारै कार्यक्रममध्ये युट्युब भ्यूजको आधारमा कसको लोकप्रियता कति छ ?

युट्युबमा स्ट्रिमिङ हुने ‘भ्वाइस किड्स’का हरेक एपिसोडलाई १० लाखभन्दा धेरैपटक हेरिएको छ । अन्य ३ कार्यक्रमका एपिसोडले १० लाख भ्यूज पनि पाउन सकेका छैनन् । नेपाल आइडल’का पछिल्ला एपिसोडलाई २ देखि ३ लाख पटक हेरिएको छ ।

‘सारेगमपा लिटिल च्याम्प्स’ र ‘मेरो भ्वाइस युनिभर्स’का एपिसोडलाई पनि १ देखि २ लाख पटक हेरिएको युट्युबमा देखिन्छ । भ्यूजको यो तुलना हेर्दा, दर्शकमाझ ‘भ्वाइस किड्स’ लोकप्रिय रहेको स्पष्ट हुन्छ । भ्वाइस किड्सको ठूलो संस्करण ‘भ्वाइस अफ नेपाल’को भ्यूज हेर्दा पनि यसको लोकप्रियता दर्शकमाझ धेरै रहेको बुझ्न सकिन्छ ।

‘भ्वाइस किड्स’को जारी सिजनको पहिलो एपिसोडलाई अहिलेसम्म १६ लाख पटक हेरिएको छ । जुन आफैमा लोभलाग्दो दर्शकीय संख्या हो । जे भएपनि, यी कार्यक्रमले संगीतमा भविष्य बनाउन चाहनेहरूलाई आकर्षक प्लाटफर्म चाहिँ अवश्य दिएका छन् ।

लेखक
प्रतिक्षा रिजाल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?