+
+
Shares

आइतबार र सोमबारको तुलनामा मंगलबार झन् बढी पानी पर्ने सम्भावना

डा. विनोद पोखरेल भन्छन्- बुधबारसम्म धेरै ठाउँमा भारी वर्षा हुने सम्भावना छ

आगामी दिनमा वर्षाको मात्रा र क्षेत्रफल दुवै बढ्ने सम्भावना रहेको मौसमविदको भनाइ छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ साउन २५ गते ७:३३
Photo Credit : DHM
उदयपुर राडारमा देखिएअनुसार हाल धनुषा जिल्लाको हर्दिनाथ र तुलसी तथा सर्लाही जिल्लाको परवानीपुर आसपासको क्षेत्रमा मध्यमदेखि भारी वर्षा भैरहेको छ। उक्त क्षेत्रमा बनेको मौसमी प्रणाली दक्षिण-पश्चिम दिशामा सर्ने क्रममा छ ।

२५ साउन, काठमाडौं । मौसमविदहरुले अझै एक–दुई दिन मनसुन सक्रिय रहने पूर्वी नेपालमा केन्द्रित भएर बढी पानी पर्ने सम्भावना रहेको बताएका छन् ।

जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका मौसमविद गोविन्द झाका अनुसार आज आइतबार र भोलि सोमबारको तुलनामा पर्सि मंगलबार झन् बढी पानी पर्ने सम्भावना छ ।

‘मनसुन एक्टिभ नै छ र यो पूर्वमा बढी केन्द्रित छ,’ उनले अनलाइनखबरसँग भने, ‘आज र भोलिको तुलनामा पर्सि राम्रै पानी पर्ने सम्भावना छ ।’

मनसुन सुरु भएदेखि अधिकांश समय हल्का र मध्यम वर्षा भएको छ । तराईमा भने पुरै खडेरी परेको थियो । तर अगष्ट महिना सुरु भएदेखि देशभरी वर्षा हुँदै आएको छ । आगामी दिनमा वर्षाको मात्रा र क्षेत्र दुवै बढ्ने सम्भावना रहेको मौसमविदको भनाइ छ ।

डा. विनोद पोखरेल भन्छन्- बुधबारसम्म धेरै ठाउँमा भारी वर्षा हुने सम्भावना छ

त्रिभुवन विश्वविद्यालयको जल तथा मौसम विज्ञान केन्द्रीय विभागका सहप्राध्यापक डा. विनोद पोखरेलले भने आज बेलुकादेखि केही ठाउँमा वर्षा बढ्दै जाने र बुधबारसम्म धेरै ठाउँमा भारी वर्षा हुने सम्भावना रहेको बताएका छन् । पूर्वबाट भारी वर्षा सुरु भएर बुधबारसम्म पश्चिमसम्मै पुग्ने सम्भावना रहेको उनको भनाइ छ ।

उनले फेसबुकमा लेखेका छन्, ‘आज बेलुकादेखि केही ठाउँमा वर्षा बढ्दै जाने, बुधबारसम्म धेरै ठाउँमा भारी वर्षा हुने र केही ठाउँमा भिषण वर्षाको सम्भावना रहेको छ ।’

जल तथा मौसम विज्ञान विभागका अनुसार अहिले मनसुन न्यूनचापीय रेखा सरदर स्थानको माथि अवस्थित छ । त्यसलाई नजिकबाट नियालीरहेको र एकदमै ठूलो पानी पर्ने सम्भावना देखिए विशेष बुलेटिन नै जारी गरेर जानकारी दिइने मौसमविद झाले बताए । ‘मौसम पूर्वानुमानका मोडेल अपडेट भइरहन्छ, त्यसैले त्यसलाई हामीले नजिकबाट नियालीरहेका छौं,’ उनले भने, ‘अहिले नै कत्रो पानी पर्छ भनेर भन्न सकिँदैन ।’

धनुषा र परवानीपुरमा भारी वर्षा

जल तथा मौसम विज्ञान विभागका अनुसार उदयपुरमा रहेको मौसमी राडारले धनुषा जिल्लाको हर्दिनाथ र तुलसी तथा सर्लाही जिल्लाको परवानीपुर आसपासको क्षेत्रमा मध्यमदेखि भारी वर्षा भैरहेको छ । उक्त क्षेत्रमा बनेको मौसमी प्रणाली दक्षिण–पश्चिम दिशामा सर्ने क्रममा रहेकाले आवश्यक सतर्कता अपनाउन विभागले अनुरोध गरेको छ ।

विभागका अनुसार गत २४ घण्टाभन्दा सबैभन्दा धेरै वर्षा धनुषाको तुल्सी केन्द्रमा १११ र परवानीपुरमा ९२ मिलिमिटर वर्षा भएको छ ।

आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भूभागका केही स्थानमा मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । मधेश प्रदेश लगायत देशका बाँकी पहाडी र तराई भूभागका थोरै स्थानहरूमा पनि मध्यम वर्षाको सम्भावना छ ।

आज राति पनि मधेश प्रदेश लगायत कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भूभागका केही स्थानहरूमा तथा बाँकी प्रदेशका पहाडी र तराई भूभागका थोरै स्थानहरूमा मध्यम वर्षाको सम्भावना छ । कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा भने भारी वर्षाको पनि सम्भावना रहेको विभागले जनाएको छ ।

आज दिउँसो भने कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भूभागका केही स्थानमा मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । मधेश प्रदेश लगायत देशका बाँकी पहाडी र तराई भूभागका थोरै स्थानहरूमा पनि मध्यम वर्षाको सम्भावना छ ।

आज राति पनि मधेश प्रदेश लगायत कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भूभागका केही स्थानहरूमा तथा बाँकी प्रदेशका पहाडी र तराई भूभागका थोरै स्थानहरूमा मध्यम वर्षाको सम्भावना छ । कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा भने भारी वर्षाको पनि सम्भावना रहेको विभागले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?