News Summary
Generated by OK AI. Editorially reviewed.- नेपालले एएफसी यू-२० महिला एसियन कप छनोटमा आज उत्तर कोरियासँग खेल्दैछ।
- नेपालले पहिलो खेलमा भुटानसँग १-१ बराबरी खेल्दा दोस्रो खेलमा साउदी अरेबियालाई १-० ले हराएको छ।
- उत्तर कोरियालाई हराएमा नेपाल समूहविजेता बन्नेछ।
२५ साउन, काठमाडौं । भुटानको थिम्पुमा जारी एएफसी यू-२० महिला एसियन कप छनोटको आफ्नो तेस्रो तथा अन्तिम खेलमा नेपालले आज उत्तर कोरियासँग खेल्दैछ ।
खेल थिम्पुस्थित चाङलिमिथाङ स्टेडियममा दिउँसो पौने २ बजे सुरु हुनेछ । उत्तर कोरिया यू-२० विश्वकप तथा एसियन कप दुवै जितिसकेको टोली हो ।
नेपालले आफ्नो पहिलो खेलमा भुटानसँग १-१ गोलको बराबरी खेल्दै अंक बाँडेको थियो भने दोस्रो खेलमा साउदी अरेबियालाई १-० गोलअन्तरले हराएको थियो ।
उत्तर कोरियाले साउदी अरेबियालाई १५-० तथा भुटानलाई १०-० को फराकिलो अन्तरले हराएको छ ।
नेपालले पछिल्लोपटक सन् २००४ मा यही उमेर समूह (त्यसबेला यू-१९ भनिएको)मा उत्तर कोरियासँग एसियन कपमै खेलेको थियो । जहाँ नेपाल १९-० गोलअन्तरले पराजित भएको थियो ।
प्रतियोगिताको हरेक समूहबाट समूहविजेता एसियन कपमा छनोट हुनेछन् भने ३ उत्कृष्ट उपविजेता पनि छनोट हुने प्रावधान छ ।
नेपालले एसियन कपमा छनोट हुन उत्तर कोरियालाई हराउनै पर्नेछ ।
प्रतिक्रिया 4