+
+
Shares

स्पोटीफाईले नेपाली प्रयोगकर्ताको लागि बढायो मूल्य

अनलाइनखबर अनलाइनखबर
२०८२ साउन २५ गते १३:४४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • स्पोटीफाईले नेपाल, भारत, बंगलादेश र भुटानका प्रयोगकर्ताको लागि प्रिमियर प्लानको मूल्य सेप्टेम्बरदेखि बढाएर मासिक ३.२९ अमेरिकी डलर बनाएको छ।
  • स्पोटीफाईले नेपाली प्रयोगकर्तालाई इमेलमार्फत मूल्य वृद्धि भएको जानकारी दिएको छ र नयाँ मूल्य सन् २०१९ देखि सेवा सुरु गरेको दक्षिण एसियाली मुलुकमा लागू हुने बताएको छ।
  • ट्रयाकिङ एजेन्सी स्टार्ट आइओका अनुसार नोभेम्बर २०२४ सम्म नेपालमा स्पोटीफाईका २ लाख ३३ हजार प्रयोगकर्ता रहेका छन्।

काठमाडौं । स्पोटीफाईले नेपालसहित भारतीय, बंगलादेश र भुटानका प्रयोगकर्ताको लागि मूल्य बढाएको छ ।

संगीतको यो विश्वचर्चित अडियो प्लाटफर्मले नेपाली प्रयोगकर्तालाई इमेलमार्फत मूल्य वृद्धि भएको जनाएको छ ।

सेप्टेम्बरदेखि प्रिमियर प्लानका नेपाली ग्राहकले मासिकरुपमा ३.२९ अमेरिकी डलर तिर्नुपर्नेछ ।

अहिले नेपाली प्रयोगकर्ताले २.९९ डलर तिरिरहेका छन् । सन् २०१९ देखि स्पोटीफाईले दक्षिण एसियाली मुलुकमा सेवा थालेको थियो ।

पछिल्लो समय नेपालमा पनि स्पोटीफाईका प्रयोगकर्ता बढेका छन् भने नेपाली गीतसंगीतको पनि उल्लेख्य उपस्थिती हुन थालेको छ । पछिल्लो पुस्ता त नेपालीसहित विश्वसंगीतको लागि स्पोटीफाईमा निर्भर हुन थालेका छन् ।

स्पोटीफाईले नेपाली प्रयोगकर्तालाई पठाएको इमेलमा भनिएको छ, ‘हामी हाम्रा उत्पादन प्रस्तावहरू र सुविधाहरूमा नवीनता ल्याउन र तपाईंलाई उत्कृष्ट अनुभव प्रदान गर्न जारी राख्न सकौं भनेर प्रिमियम इन्डिभिजुअलको मूल्य बढाउँदैछौं । प्रिमियम छनौट गर्नुभएकोमा धन्यवाद ।’

ट्रयाकिङ एजेन्सी स्टार्ट आइओका अनुसार, नोभेम्बर २०२४ सम्म नेपालमा २ लाख ३३ हजार प्रयोगकर्ता छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?