+

हेन्डरसनले दुई पेनाल्टी रोकेपछि क्रिस्टल प्यालेसले जित्यो कम्युनिटी शिल्ड

२०८२ साउन  २५ गते २२:३२ २०८२ साउन २५ गते २२:३२
हेन्डरसनले दुई पेनाल्टी रोकेपछि क्रिस्टल प्यालेसले जित्यो कम्युनिटी शिल्ड

News Summary

Generated by OK AI. Editorially reviewed.
  • गोलकिपर डिन हेन्डरसनले दुई पेनाल्टी बचाएपछि क्रिस्टल प्यालेसले लिभरपुललाई पेनाल्टीसुटआउटमा पराजित गर्दै कम्युनिटी शिल्डको उपाधि जितेको छ।
  • वेम्बलीमा भएको खेल ९० मिनेटको खेल २-२ गोलको बराबरीमा रोकिएपछि पेनाल्टीसुटआउटमा पुगेको थियो।
  • प्यालेसका जिन फिलिप माटेटा, इस्माइल सार र जस्टिन डेभेनेले पेनाल्टीसुटआउटमा गोल गरे भने लिभरपुलका कोडी गाक्पो र डोमिनिक सोबोजाईले मात्र गोल गरे।

२५ साउन, काठमाडौं । गोलकिपर डिन हेन्डरसनले दुई पेनाल्टी बचाएपछि क्रिस्टल प्यालेसले लिभरपुललाई पेनाल्टीसुटआउटमा पराजित गर्दै कम्युनिटी शिल्डको उपाधि जितेको छ ।

वेम्बलीमा भएको खेलमा निर्धारित ९० मिनेटको खेल २-२ गोलको बराबरीमा रोकिएपछि खेल पेनाल्टीसुटआउटमा पुगेको थियो ।

जहाँ डिन हेन्डरसन नायक बने । उनले लिभरपुलका एलेक्सिस म्याक एलिस्टर र हार्भे एलिओटको पेनाल्टी बचाए । यस्तै मोहमद सालाहको पेनाल्टी प्रहार पोष्ट भन्दा बाहिर गयो ।

प्यालेसका लागि जिन फिलिप माटेटा, इस्माइल सार र जस्टिन डेभेनेले पेनाल्टीसुटआउटमा गोल गरे । प्यालेसका एबेरेची एजे र बवर्न सोसाले गोल गर्न सकेनन् ।
लिभरपुलका लागि कोडी गाक्पो र डोमिनिक सोबोजलाईले मात्र गोल गरे ।

प्रिमियर लिगको नयाँ सिजन सुरु हुनुअघि अघिल्लो सिजनको प्रिमियर लिग विजेता र एफए कप च्याम्पियन टोलीबीच कम्युनिटी शिल्ड खेल हुने प्रावधान छ ।

लिभरपुलले प्रिमियर लिग र प्यालेसले एफए कप जितेको थियो ।

एफए कम्युनिटी शिल्ड

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय