+
+
Shares

कोरियाबाट फर्केका १५ जनालाई कोरियन खाना बनाउने तालिम

अनलाइनखबर अनलाइनखबर
२०८२ साउन २६ गते १६:२३

२६ साउन, काठमाडौं । कोरिया अन्तर्राष्ट्रिय सहयोग संस्था कोइका र कोरियाली मानव स्रोत विकास सेवा (एचआरडी) ले कोरियाबाट फर्केका युवाहरूलाई कोरियाली खानेकुरा तयार गर्ने तालिम प्रदान गरेको छ ।

साउन १९ देखि २६ गतेसम्म हिमालयन हस्पिटालिटी एण्ड ट्रेनिङ सेन्टर, काठमाडौंमा तालिम प्रदान गरिएको हो । रोजगारीका लागि कोरिया पुगेर फर्केका ७ पुरूष र ८ महिला गरी कुल १५ जना युवाहरूलाई एक हप्ताको तालिम उपलब्ध गराइएको हो ।

४५ घन्टाको तालिममा सहभागीहरूले किम्ची, किम्बाब, कोरियाली स्ट्यू तथा ट्टोकबोकीजस्ता व्यञ्जनहरु तयार गर्न सिकेका हुन् ।

यो तालिमले फर्किएर देशमै केही गर्न खोजिरहेकाहरूलाई पुन: एकीकरणका लागि सहयोग पुग्ने विश्वास कोरियाली अधिकारीहरूको छ । युवाहरूमा उद्यमशीलता विकास हुने विश्वास समेत लिइएको छ । नेपालका लागि कोरियाली राजदूत पार्क तेयोगले तालिममा सहभागीहरूलाई बधाई दिए ।

कोइका नेपालका देशिय निर्देशक कॉङ मु–ह्योनले तालिम छोटो अवधिको भएपनि व्यवहारिक र दीगो आधार तय गर्ने भएको बताए । यस्तै आप्रवासीहरूको विकास र आत्मनिर्भरतामा सहयोग पुग्ने अन्य कार्यक्रमका लागि पनि कोरियाले सहयोग गर्ने उनले बताए ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सहसचिव कृष्णप्रसाद सापकोटाले यस्तो तालिमले युवाहरू सीप विकास भई आत्मनिर्भर बन्न र देशमै टिक्ने अवस्था बनाउन सहयोग पुग्ने बताए ।

‘कोरियाबाट फर्कनु भएका युवाहरूको इच्छा अनुसार तालिम प्रदान गरिएको छ । यस्ता अन्य क्रियाकलापमा पनि कोरिया सरकारको सहकार्य हुनेछ। यो राम्रो कुरा हो,’ उनले भने ।

कोरियाबाट फर्केका युवाहरूले पनि तालिम लिन पाउँदा निकै खुसी लागेको बताएका छन् । उनीहरूले छोटो अवधिको तालिम भए उपयोगी भएकाले यसले आत्मनिर्भर बन्न सहयोग पुगेको बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?