+
+
Shares

रामहरि खतिवडाले सभामुखलाई बुझाए राजीनामा

मंगलबार प्रतिनिधिसभाको रोष्ट्रमबाट राजीनामाको घोषणा गरेका खतिवडाले बुधबार सभामुखलाई राजीनामा पत्र नै बुझाएका हुन् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ साउन २८ गते १५:५२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले खतिवडाले मंगलबार प्रतिनिधिसभाको रोष्ट्रमबाट राजीनामाको घोषणा गरेका थिए र बुधबार सभामुखलाई राजीनामा पत्र बुझाएका छन्।

२८ साउन, काठमाडौं । प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले राजीनामा दिएका छन् ।

मंगलबार प्रतिनिधिसभाको रोष्ट्रमबाट राजीनामाको घोषणा गरेका खतिवडाले बुधबार सभामुखलाई राजीनामा पत्र नै बुझाएका हुन् ।

‘मिति २०८२ साल साउन २७ गते बसेको संघीय संसद, प्रतिनिधिसभाको बैठकमा मैले बोल्ने क्रममा प्रतिनिधिसभा अन्तर्गतको राज्यव्यवस्था सुशासन समितिको सभापति पदबाट राजीनामा दिने घोषणा गरे बमोजिम आजैबाट लागु हुने गरी समितिको सभापति पदबाट राजीनामा गरेको बेहोरा अनुरोध गर्दछु’ खतिवडाले पत्रमा लेखेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?