+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
Sudurpaschim Royals won by 49 runs
चितवन राइनोज 2025
120/10 (17.1)
Shares

गुल्मीमा लगातार वर्षाका कारण बाढीपहिरोको जोखिम बढेको भन्दै सतर्कता अपनाउन आग्रह

खोला किनारमा दाउरा निकाल्ने, माछा मार्न जाने जस्ता गतिविधि नगर्न चेतावनी दिइएको छ ।

अनिल खत्री अनिल खत्री
२०८२ साउन २८ गते १७:४२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • जिल्ला प्रशासन कार्यालय गुल्मीले निरन्तर वर्षाका कारण अत्यावश्यक काम बाहेक यात्रा नगर्न आग्रह गरेको छ।
  • कालीगण्डकी गाउँपालिका-२ राक्सेमा पहिरो खस्दा कालीगण्डकी करिडोर गुल्मी खण्डमा यातायात पूर्ण रूपमा अवरूद्ध भएको छ।
  • रुद्रवेणी–वामी सडकखण्ड सत्यवती गाउँपालिका–६ डहरे खोलामा पानीको बहाव बढेपछि बाटो अवरूद्ध भएको छ र पहिरो हटाउने काम भइरहेको छ।

२८ साउन, गुल्मी । निरन्तर वर्षा भइरहेकाले अत्यावश्यक काम बाहेक यात्रा नगर्न जिल्ला प्रशासन कार्यालय गुल्मीले आग्रह गरेको छ ।

बुधबार प्रमुख जिल्ला अधिकारी बिष्णुप्रसाद कोइरालाले सूचना जारी गर्दै वर्षाका कारण बाढीपहिरोको जोखिम बढेको भन्दै सतर्कता अपनाउन आग्रह गरेका हुन् ।

खोला किनारमा दाउरा निकाल्ने, माछा मार्न जाने जस्ता गतिविधि नगर्न चेतावनी दिइएको छ ।

सम्भावित जोखिमयुक्त स्थानमा बसोबास गर्ने नागरिकलाई बाढी–पहिरोको खतरा देखिए तत्काल सम्बन्धित स्थानीय तह वा सुरक्षा निकायसँग सम्पर्क गरी आवश्यक पूर्वतयारीसहित सुरक्षित स्थानमा बस्न प्रशासनको आग्रह छ ।

कालीगण्डकी करिडोर र रुद्रवेणी–वामी सडकखण्ड दुवै अवरूद्ध

वर्षासँगै कालीगण्डकी करिडोर गुल्मी खण्ड अन्तर्गत कालीगण्डकी गाउँपालिका-२ राक्सेमा पहिरो खस्दा यातायात आवागमन पूर्ण रूपमा अवरूद्ध भएको छ।

त्यस्तै रुद्रवेणी–वामी सडकखण्डमा सत्यवती गाउँपालिका–६ स्थित डहरे खोलामा पानीको बहाव अत्यधिक बढेपछि बाटो अवरूद्ध भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरीक्षक (डीएसपी) गंगाबहादुर सारुले बताए ।

दुवै स्थानमा सडक अवरूद्ध भएपछि स्थानीय बासिन्दा र यात्रुहरूलाई आवतजावतमा कठिनाइ भएको छ । स्थानीय सरकारको सहयोगमा पहिरो हटाउने काम भइरहेको प्रहरीले जनाएको छ ।

रुन्द्रबेणी वामी सडकमा पानीको बहाव कम भएपछि सवारीसाधन आगमन खुला हुने प्रहरीले जनाएको छ । कालिगण्डकी करिडोर वर्षातपछि पटकपटक अवरूद्ध हुने गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?