
News Summary
Generated by OK AI. Editorially reviewed.- बुटवल पावर कम्पनीको गत आर्थिक वर्षको नाफा १६ प्रतिशत बढेर २२ करोड ६१ लाख रुपैयाँ पुगेको छ।
- कम्पनीको विद्युत् बिक्री आम्दानी ७३ करोड ३७ लाख रुपैयाँ पुगेको छ जुन अघिल्लो वर्षको भन्दा बढि हो।
- प्रतिसेयर आम्दानी ६.६३ रुपैयाँ र बजार मूल्य ८५१ रुपैयाँ पुगेको छ भने मूल्य आम्दानी अनुपात १४४ गुणा रहेको छ।
२९ साउन, काठमाडौं । बुटवल पावर कम्पनीको नाफा १६ प्रतिशत बढेको छ ।
कम्पनीले सार्वजनिक गरेको गत आर्थिक वर्षको चौथो त्रैमासिक वित्तीय विवरण अनुसार गत आर्थिक वर्ष २२ करोड ६१ लाख रुपैयाँ खुद नाफा कमाएको छ । अघिल्लो आर्थिक वर्ष यस्तो नाफा १८ करोड ४४ लाख रुपैयाँ थियो ।
कम्पनीको विद्युत् बिक्री आम्दानी सामान्य बढेको छ । अघिल्लो आर्थिक वर्षमा यस्तो आम्दानी ६९ करोड ३६ लाख रुपैयाँ रहेकोमा गत आर्थिक वर्ष ७३ करोड ३७ लाख रुपैयाँ छ । विद्युत् बिक्री आम्दानीमा आएको सामान्य वृद्धिले नै नाफालाई योगदान गरेको छ ।
कम्पनीको प्रतिसेयर आम्दानी ६.६३ रुपैयाँ छ । यस्तो आम्दानी अघिल्लो आर्थिक वर्ष ५.६९ रुपैयाँ थियो ।
प्रतिसेयर नेटवर्थ २०८ रुपैयाँ रहेको यसको बजारमा सेयर मूल्य उचालिएर ८५१ रुपैयाँ पुगेको छ । मूल्य आम्दानी अनुपात १४४ गुणा रहेकाले कम्पनीको आम्दानी आधारमा हालको सेयर मूल्य महँगो हो ।
प्रतिक्रिया 4