
News Summary
Generated by OK AI. Editorially reviewed.- बिहीबार साताको अन्तिम कारोबार दिन टप १० ब्रोकर कम्पनीमार्फत खरिदभन्दा बिक्री बढी देखिएको छ।
- बिहीबार कुल ७ अर्ब ४६ करोड रुपैयाँको बजार कारोबार भएको छ र टप १० ब्रोकर कम्पनीको हिस्सा ३७ प्रतिशत छ।
- टप १० ब्रोकरमार्फत २ अर्ब ६१ करोड रुपैयाँको धितोपत्र खरिद र २ अर्ब ९३ करोड रुपैयाँको बिक्री भएको छ।
२९ साउन, काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीबार टप १० ब्रोकर कम्पनीमार्फत खरिदभन्दा बिक्री बढी देखिएको छ । बिहीबार बजारमा कुल ७ अर्ब ४६ करोड रुपैयाँको कारोबार भएको छ । यो कारोबार रकममा टप १० ब्रोकर कम्पनीको हिस्सा ३७ प्रतिशत हो ।
आज टप १० ब्रोकरमार्फत कुल २ अर्ब ६१ करोड रुपैयाँको धितोपत्र खरिद हुँदा २ अर्ब ९३ करोड रुपैयाँको बिक्री भएको छ ।
नासा, इम्पेरियल, भिजन र श्रीकृष्णमार्फत बिक्री धेरै भएको छ भने सनी, त्रिशक्ति, अनलाइन, आर्यतारा, क्यापिटल म्याक्स र डायनामिकमार्फत खरिद धेरै भएको छ ।
टप १० ब्रोकरमार्फत धेरै रकमको कारोबार भएका कम्पनीमा एनआरएन इन्फ्रास्ट्रक्चर, साहस ऊर्जा, नेपाल पुनर्बीमा, हिमालयन रिइन्स्योरेन्स, बलेफी हाइड्रोपावर, बुटवल पावर, लक्ष्मी सनराइज बैंक, नेपाल बैंक लगायत कम्पनी छन् । (ब्रोकरको विस्तृत कारोबार हेर्न यहाँ क्लिक गर्नुहोस्)
प्रतिक्रिया 4