+
+
Shares

गैरकोषमा आधारित सुविधा दिन ग्लोबल आईएमई र सांग्रिला डेभलपमेन्ट बैंकबीच समझदारी

समझदारीपत्रमा ग्लोबल आइएमई बैंकका सीईओ सुरेन्द्रराज रेग्मी र सांग्रिला डेभलपमेन्ट बैंकका सीईओ  सुयोग श्रेष्ठले हस्ताक्षर गरेका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ साउन २९ गते १८:०६

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड र सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडबीच सांग्रिला डेभलपमेन्ट बैंकका ग्राहकलाई आवश्यक पर्ने गैरकोषमा आधारित बैंकिङ सुविधा उपलब्ध गराउने सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ ।

समझदारीपत्रमा ग्लोबल आइएमई बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुरेन्द्रराज रेग्मी र सांग्रिला डेभलपमेन्ट बैंकका सीईओ  सुयोग श्रेष्ठले हस्ताक्षर गरेका छन् ।

समझदारी अनुसार सांग्रिला डेभलपमेन्ट बैंकका ग्राहकलाई आवश्यकता पर्ने गैरकोषमा आधारित प्रतीतपत्र (लेटर अफ क्रेडिट), बैंक ग्यारेन्टी, डकुमेन्ट अगेन्स्ट पेमेन्ट, डकुमेन्ट अगेन्स्ट एसेप्टेन्स, ट्रेड ट्रान्ज्याक्सन बैंकिङ लगायत सुविधा ग्लोबल आइएमई बैंकले उपलब्ध गराउने छ ।

ग्लोबल आइएमई बैंक ग्लोबल फाइनान्सको बेस्ट बैंक अवार्ड २०२४ र २०२५ तथा युरो मनी अवार्ड फर एक्सलेन्स २०२४ अन्तर्गतका दुई विधाबाट सम्मानित बैंक हो । साथै, विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघसंस्थाबाट फरक–फरक विधामा सम्मानित भएको छ ।

ग्लोबल आइएमई बैंकले हाल ३ सय ५२ शाखा, ३ सय ८४ एटीएम, १ सय ५५ शाखारहित, ६८ एक्स्टेन्सन तथा राजस्व संकलन काउन्टर एवं ३ वैदेशिक प्रतिनिधि कार्यालय समेत गरी १ हजारभन्दा बढी केन्द्रबाट सेवा प्रदान गर्दै आएको छ ।

बैंकले विभिन्न देशबाट रेमिट्यान्स सेवा पनि दिँदै आएको छ । बैंकले अमेरिका, बेलायत, क्यानडा, अस्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, साउदी अरब, कतार, यूएई, बहराइन, कुवेत, भारत, जोर्डन लगायत देशबाट रेमिट्यान्स भित्र्याउने काम गर्दै आएको छ ।

यसैगरी सांग्रिला डेभलपमेन्ट बैंकले देशभरि रहेका १ सय ९  शाखा तथा ३० एटीएमबाट सेवा दिँदै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?