+
+
Shares

आन्तरिक जलमार्गमा पानीजहाज सञ्चालन गर्न १२ शर्त पूरा गर्नुपर्ने

राष्ट्रिय सभाबाट पारित भएर प्रतिनिधिसभामा आएको पानीजहाज (सञ्चालन तथा व्यवस्थापन) विधेयकमा यस्तो व्यवस्था प्रस्ताव गरिएको हो ।

अनलाइनखबर अनलाइनखबर
२०८२ साउन २९ गते १९:३९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • पानीजहाज (सञ्चालन तथा व्यवस्थापन) विधेयकमा आन्तरिक जलमार्गमा सञ्चालन हुने पानीजहाज दर्ता गर्न १२ वटा शर्त पूरा गर्नुपर्ने व्यवस्था प्रस्ताव गरिएको छ।
  • प्रस्तावित विधेयकको दफा ७ अनुसार पानीजहाजको प्रकार, धनीको नागरिकता, निर्माण प्रमाणपत्र, सुरक्षा प्रबन्ध, बीमा, सर्भे र प्रदूषणमुक्त प्रमाणपत्र अनिवार्य छन्।
  • पानीजहाजमा काम गर्ने कर्मचारीको विवरण र तालिम प्रमाणपत्र, विवाद टुङ्गिएको प्रमाण, वातावरणीय संरक्षण मापदण्ड र कर तिरेको निस्सा समेत संलग्न गर्नुपर्ने व्यवस्था गरिएको छ।

२९ साउन, काठमाडौं । आन्तरिक जलमार्गमा सञ्चालन हुने पानीजहाज दर्ता गर्न १२ वटा शर्त पूरा गर्नुपर्ने प्रस्ताव गरिएको छ ।

राष्ट्रियसभाबाट पारित भएर प्रतिनिधिसभामा आएको पानीजहाज (सञ्चालन तथा व्यवस्थापन) विधेयकमा यस्तो व्यवस्था प्रस्ताव गरिएको हो ।

प्रस्तावित विधेयकको दफा ७ मा आन्तरिक जलमार्गमा सञ्चालन हुने पानीजहाज दर्ता गर्न पूरा गर्नुपर्ने सर्त तथा मापदण्डबारेका प्रावधानहरू राखिएका छन् ।

(क) पानीजहाजको प्रकार र प्रयोजन खुलाउनु पर्ने ।

(ख) पानीजहाजको धनी नेपाली नागरिक वा नेपालमा दर्ता गरिएको फर्म वा कम्पनी हुनु पर्ने ।

(ग) नेपालमै बनेको पानीजहाज भए निर्माण सम्पन्नताको प्रमाणपत्र र विदेशमा बनेको भएमा खरिद गरिएको प्रमाण खुल्ने कागजात र उत्पादनको तादात्म्यता (कन्फर्मिटी अफ प्रोडक्सल) सम्बन्धी कागजात समेत संलग्न हुनु पर्ने ।

(घ) यात्रु तथा मालसामानको सुरक्षा प्रबन्ध गरिएको हुनु पर्ने ।

(ङ) दफा १५ बमोजिम पानीजहाजको बीमा गरिएको हुनु पर्ने ।

(च) दफा १९ बमोजिमको पानीजहाजको सर्भे प्रमाणपत्र संलग्न हुनु पर्ने 

(छ) दफा ५६ बमोजिमको प्रदूषणमुक्त प्रमाणपत्र संलग्न हुनु पर्ने ।

(ज) यात्रु र मालसामानको क्षमता सम्बन्धी विवरण संलग्न हुनु पर्ने ।

(झ) पानीजहाजमा काम गर्ने नाविक तथा कर्मचारीको विवरण र त्यस्तो कर्मचारीले तालिम लिएको प्रमाणपत्र संलग्न हुनु पर्ने ।

(ञ) पानीजहाजको धनी सम्बन्धमा विवाद भएमा त्यस्तो विवाद टुङ्गिएको प्रमाण संलग्न हुनु पर्ने ।

(ट) प्रचलित कानून बमोजिम वातावरणीय संरक्षण सम्बन्धी पूरा गर्नु पर्ने मापदण्ड पूरा गरेको हुनु पर्ने ।

(ठ) दर्ता शुल्क, सर्भे शुल्क, प्रमाणीकरण शुल्क र प्रचलित कानून बमोजिम तिर्नु पर्ने कर तिरेको निस्सा संलग्न हुनु पर्ने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?