+

नेपाल हक्की संघ र धुलिखेल नगरपालिकाबीच सम्झौता

२०८२ साउन  २९ गते १८:४८ २०८२ साउन २९ गते १८:४८
नेपाल हक्की संघ र धुलिखेल नगरपालिकाबीच सम्झौता

News Summary

Generated by OK AI. Editorially reviewed.
  • धुलिखेल नगरपालिकाले हक्की संघलाई वडा १२ मा करिब २ सय रोपनी जग्गा ४० वर्षका लागि दिने सम्झौता गरेको छ।
  • हक्की संघकी महासचिव सुवर्ण श्रेष्ठ र धुलिखेल नगरपालिकाका मेयर अशोक ब्यन्जुले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन्।
  • प्राप्त जग्गामा हक्की रंगशाला, होस्टेलसहितको एकेडेमी र १ हजार क्षमताको प्यारापिट निर्माण गरिने महासचिव श्रेष्ठले बताएकी छन्।

२९ साउन, काठमाडौं । नेपाल हक्की संघलाई धुलिखेल नगरपालिकाले हक्कीको पूर्वाधार बनाउन जग्गा दिने भएको छ । त्यसका लागि हक्की संघ र धुलिखेल नगरपालिकाबीच बिहीबार सम्झौता भएको छ ।

राष्ट्रिय खेलकुद परिषद् कार्यकारी समितिकी सदस्य समेत रहेकी हक्की संघकी महासचिव सुवर्ण श्रेष्ठ र धुलिखेल नगरपालिका मेयर अशोक ब्यन्जुले सम्झौता पत्रमा हस्ताक्षर गरे ।

नगरपालिकाले वडा १२ मा करिब २ सय रोपनी जग्गा ४० वर्षका लागि दिने सम्झौता भएको महासचिव श्रेष्ठले जनाएकी छन् ।

प्राप्त जग्गामा हक्कीको रंगशाला, होस्टेलसहितको एकेडेमी र प्रशिक्षण स्थल निर्माण गर्ने महासचिव श्रेष्ठले बताइन् । १ हजार क्षमताको प्यारापिट बनाइने जनाइएको छ ।

धुलिखेल नगरपालिका नेपाल हक्की संघ
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय