+

एन्फा महिला लिग छनोट सुरु, छहारी र संकटाको विजयी सुरुवात

२०८२ साउन  २९ गते १९:११ २०८२ साउन २९ गते १९:११
एन्फा महिला लिग छनोट सुरु, छहारी र संकटाको विजयी सुरुवात

News Summary

Generated by OK AI. Editorially reviewed.
  • अखिल नेपाल फुटबल सङ्घले एन्फा महिला लिग छनोट प्रतियोगिता २९ साउनदेखि एन्फा कम्प्लेक्स सातदोबाटोमा सुरु गरेको छ।
  • उद्घाटन खेलमा छहारी क्लबले एफसी रियललाई ३–० ले हराएको छ भने सङ्कटा एफसीले नेपाल खेलकुद क्लबलाई १–० ले पराजित गरेको छ।
  • प्रतियोगितामा १४ टोली सहभागी छन् र उत्कृष्ट ५ टोली एन्फा महिला लिगमा छनोट हुनेछन्, जसका लागि दुई समूहमा विभाजन गरिएको छ।

२९ साउन, काठमाडौं । अखिल नेपाल फुटबल सङ्घ(एन्फा)को आयोजनामा बिहीबार देखि एन्फा महिला लिग छनोट आयोजना सुरु भएको छ । बिहीबार एन्फा कम्प्लेक्स सातदोबाटेमा प्रमुख अतिथि ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु मर्हजर्नले उद्घाटन गरे ।

उद्घाटन खेलमा छहारी क्लबले एफसी रियललाई ३–० ले हराएको छ । छहारीले पहिलो हाफमा ललिता मण्डल र सुमित्रा सिंह पाख्रिनको गोलमा अग्रता लिएको थियो । दोस्रो हाफमा सानिमा माया लोले गोल गरिन् ।

अर्को खेलमा सङ्कटाले नेपाल खेलकुद क्लबलाई १–० ले हरायो । सो खेलमा सङ्कटाका लागि दोस्रो हाफमा यशोदा शाहीले गोल गरिन् । एन्फा फुटबल मैदान सातदोबाटोमा जारी प्रतियोगितामा १४टोलीको सहभागिता छ । सहभागी मध्यबाट उत्कृष्ट ५ टोली एन्फा महिला लिगमा छनोट हुने छन् ।

सहभागी टोलीलाई २ समूहमा विभाजन गरिएको छ । दुवै समूहमा शीर्ष दुई स्थान पाउने टोली एन्फा लिगमा सहभागी हुने छन् भने समूहमा तेस्रो स्थान पाउने दुई टोलीका बिचमा प्ले अफ खेल मार्फत पाँचौँ टोलीको टुङ्गो लाग्ने छ ।

समूह एमा चर्च ब्वाइज युनाइटेड, छहारी फुटबल क्लब, राप्ती एफसी, सिन्धुपाल्चोक एफसी, स्टुडेन्ट फुटबल क्लब, आरबी रिसोर्ट एन्ड बिच फुटबल तथा एफसी रियल छन् ।

समूहबीमा एनआरटी, सङ्कटा एफसी, बुटवल लुम्बिनी ्एफसी, एन्बिएम पोखरा र्गल्स एफसी, झापा एफसी, लम्की फुटबल एन्ड ट्रेनिङ सेन्टर तथा नेपाल खेलकुद क्लब छन् । पहिलो दिन एफसी रियल र छहारी तथा सङ्कटा एफसी र नेपाल खेलकुद क्लबका बिचमा खेल हुने छ ।

शुक्रवार राप्ती एफसी र आरएस रिसोर्ट एन्ड बिचको बिचमा पहिलो खेल हुने छ । दोस्रो खेल बुटवल लुम्बिनी एफसी र लम्की फुटबल एन्ड ट्रेनिङ सेन्टरका बिचमा खेल हुने छ ।

एन्फा महिला लिग छनोट
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय