+
+
Shares

हेवाखोला बेलिब्रिज निर्माण अन्तिम चरणमा, यातायात खुलाउने तयारी

सडक विभागका अनुसार अबको ५/६ दिनमा एप्रोच सडक, सडक सुरक्षाका काम सम्पन्न गरी यातायात सञ्चालन गरिने भएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ साउन ३० गते १३:१६
तस्वीर : महानिर्देशकको सचिवालय, सडक विभाग

३० साउन, काठमाडौं । पाँचथर फिदिम नगरपालिका र हिलिहाङ गाउँपालिका जोड्ने मेची राजमार्गस्थित हेवा खोलामा बेलिब्रिज निर्माण अन्तिम चरणमा पुगेको छ ।

सडक विभागका अनुसार अबको ५/६ दिनमा एप्रोच सडक, सडक सुरक्षाका काम सम्पन्न गरी यातायात सञ्चालन गरिने भएको छ । २८ साउनका दिन पुलको भारबहन क्षमता परीक्षण गरिएको समेत विभागले जनाएको छ ।

विभागका अनुसार १७ साउनदेखि हेवाखोलामा मोडुलर पुल जडानको काम थालिएको र ११ दिनको अवधिमा काम सम्पन्न गरिएको समेत विभागले उल्लेख गरेको छ ।

हेवाखोलामा २ असार २०८० मा आएको बाढीले पक्की पुल बगाएको थियो । पुल बगाएपछि ५० मिटर लामो बेलिब्रिज बनाइएको थियो । यो पुल पनि १२ असोज २०८१ को बाढीले बगाएको थियो ।

त्यसपछि सडक विभागले हेवा खोलामा ७० मिटर लामो बेलिब्रिज निर्माण थालेको थियो । सोहीक्रममा ३१ जेठ २०८१ मा निर्माण क्रममै पुल भाँच्चिएर दुर्घटना भएको थियो । उक्त दुर्घटनामा ३ जनाको मृत्यु भएको थियो । ३ जना गम्भीर घाइते भएका थिए ।  घटनापछि ह्युम पाइप र पेनस्टक पाइप प्रयोग गरी डाइभर्सन तयारी गरिएको थियो ।

सडक विभागका अनुसार यस स्थानमा मोडुलर पुल जडान गर्न भौतिक, पूर्वाधार तथा यातायात मन्त्रालय मार्फत भारत सरकार समक्ष आवश्यक सामान उपलब्ध गराउन पहल गरिएको थियो ।

सोही अनुसार भारत सरकारका तर्फबाट पुलका लागि आवश्यक सामान उपलब्ध भएको समेत विभागको भनाइ छ । पुल जडान गर्न भारतले १८ जनाको टोली र लन्चिन सेट पठाएको छ ।

विभागले पुल जडानका बेला ३२ इन्जिनियर, सब–इन्जिनियर, मोकानिक र अपरेटरलाई ‘अन द जब ट्रेनिङ’ समेत दिएको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?