+
+
Shares

नेपाल टेलिकमको नाफामा उच्च गिरावट

अनलाइनखबर अनलाइनखबर
२०८२ भदौ १ गते ९:२०

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाल टेलिकमको गत आर्थिक वर्षको खुद नाफा करिब ५७ प्रतिशत घटेर २ अर्ब ६६ करोडमा खुम्चिएको छ।
  • कम्पनीको वित्तीय आम्दानी ६ अर्ब ७८ करोडबाट ३ अर्ब ७० करोडमा घटेको छ।
  • सेवा बिक्रीवापतको आम्दानी ३४ अर्ब ५६ करोडबाट ३४ अर्ब ५३ करोडमा घटेको छ।

१ भदौ, काठमाडौं । नेपाल टेलिकमको नाफा करिब ५७ प्रतिशत घटेको छ । कम्पनीले सार्वजनिक गरेको गत आर्थिक वर्षको अपरिस्कृत वित्तीय विवरणअनुसार खुद नाफा जम्मा २ अर्ब ६६ करोडमा खुम्चिएको छ ।

अघिल्लो आर्थिक वर्ष यस्तो नाफा ६ अर्ब २३ करोड थियो । वित्तीय आम्दानी उल्लेख्य रहँदै आएको टेलिकमको सो आम्दानीमा आएको उच्च गिरावटले नाफामा असर परेको छ ।

मुद्दती निक्षेपमा कम्पनीको लगानी घट्नु र ब्याजदर घट्दा वित्तीय आम्दानीमा उच्च गिरावट आएको छ । यस्तो आम्दानी अघिल्लो आर्थिक वर्षमा ६ अर्ब ७८ करोड रुपैयाँ रहेकोमा गत आर्थिक वर्ष ३ अर्ब ७० करोडमा खुम्चिएको छ ।

सेवा बिक्रीवापतको आम्दानी पनि घटेको छ । यस्तो आम्दानी अघिल्लो आर्थिक वर्षमा ३४ अर्ब ५६ करोड रहेकोमा गत आर्थिक वर्ष ३४ अर्ब ५३ करोड छ । जगेडा कोषको आकार ७१ अर्ब १५ करोड छ ।

वार्षिक प्रतिसेयर आम्दानी अघिल्लो आर्थिक वर्ष ३४ रुपैयाँ ६४ पैसा रहेकोमा गत आर्थिक वर्ष १४ रुपैयाँ ८२ पैसा छ । प्रतिसेयर नेटवर्थ ४९५ रुपैयाँमा झरेको छ । हाल बजारमा सेयर मूल्य प्रतिकित्ता ८७६ रुपैयाँ छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?