+

प्रिमियर लिग र ला लिगाको नयाँ सिजन आजदेखि सुरु हुँदै

२०८२ साउन  ३० गते १३:३२ २०८२ साउन ३० गते १३:३२
प्रिमियर लिग र ला लिगाको नयाँ सिजन आजदेखि सुरु हुँदै

News Summary

Generated by OK AI. Editorially reviewed.
  • इंग्लिस प्रिमियर लिग र स्पेनिस ला लिगा फुटबलको नयाँ सिजन ३० साउनदेखि सुरु हुँदैछ ।
  • प्रिमियर लिगको पहिलो खेलमा साविक विजेता लिभरपुल र एएफसी बर्नमाउथबीच प्रतिस्पर्धा हुँदैछ ।
  • ला लिगाको पहिलो खेलमा गिरोना र रायो भालेकानोबीच प्रतिस्पर्धा हुनेछ ।

३० साउन, काठमाडौं । इंग्लिस प्रिमियर लिग र स्पेनिस ला लिगा फुटबलको नयाँ सिजन आजदेखि सुरु हुँदैछ ।

प्रिमियर लिग २०२५-२६  सिजनको पहिलो खेलमा साविक विजेता लिभरपुल र एएफसी बर्नमाउथबीच प्रतिस्पर्धा हुँदैछ । यो खेल लिभरपुलको घरेलु मैदान एनफिल्डमा नेपाली समय अनुसार मध्यराती १२:४५ बजे सुरु हुनेछ ।

गत सिजन उपविजेता बनेको आर्सनलले म्यान्चेस्टर युनाइटेडसँग आइतबार खेल्नेछ भने त्यसअघि शनिबार ५ खेल हुनेछन् ।

त्यस्तै ला लिगाको पहिलो खेलमा आज बेलुकी गिरोना र रायो भालेकानोबीच प्रतिस्पर्धा हुनेछ । खेल राती १०:४५ बजे सुरु हुनेछ ।

ला लिगाको गत सिजनको च्याम्पियन बार्सिलोनाले शनिबार राति मालोर्कासँग खेलेर नयाँ सिजनको सुरुवात गर्नेछ ।

इंग्लिस प्रिमियर लिग स्पेनिस ला लिगा
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय