+

रोनाल्डो सम्मिलित अल नासर भारतमा खेल्न आउने

२०८२ साउन  ३० गते १४:०५ २०८२ साउन ३० गते १४:०५
रोनाल्डो सम्मिलित अल नासर भारतमा खेल्न आउने

News Summary

Generated by OK AI. Editorially reviewed.
  • एफसी गोवा एएफसी च्याम्पियन्स लिग टूको समूह चरणमा अल नासरसँग भिड्ने भएको छ।
  • समूह 'डी' मा पर्ने यी दुई टोलीबीच घर र बाहिर दुवै खेल हुनेछन्।
  • भारतकै अर्को क्लब मोहन बगान समूह 'सी' मा परेको छ।

३० साउन, काठमाडौं । भारतीय क्लब एफसी गोवा एएफसी च्याम्पियन्स लिग टू (पश्चिम क्षेत्र) को समूह चरणमा क्रिस्टियानो रोनाल्डो सम्मिलित क्लब अल नासरसँग भिड्ने भएको छ।

समूह ‘डी’ मा परेका यी दुई टोलीबीच घर र बाहिर दुवै खेल हुने भएकाले रोनाल्डोको टोली भारतमा पनि खेल्न आउनेछ।

एफसी गोवाले यसअघि ओमानको अल सिबलाई हराउँदै छनोट चरण पार गरेर प्रतियोगितामा स्थान बनाएको थियो।

भारतकै अर्को क्लब मोहन बगान समूह ‘सी’ मा परेको छ जहाँ इरानको सेपहान, इराकको अल जवरा र ताजिकिस्तानको एफसी इस्तिक्लोल पनि छन् ।

पश्चिम क्षेत्रका समूहहरू:

समूह ए: अल वास्ल (यूएई), एस्तेग्लाल (ईरान), अल मुहर्राक (बहराइन), अल वहदत (जोर्डन)

समूह बी: अल अह्ली (कतार), पिएफसी अन्डिजोन (उज्बेकिस्तान), एफसी अर्कादाग (तुर्कमेनिस्तान), अल खल्दिया (बहराइन)

समूह सी: सेपहान (ईरान), अल हुसैन (जोर्डन), मोहन बगान (भारत), अहल (तुर्कमेनिस्तान)

समूह डी: अल नासर (साउदी अरब), अल जवरा (इराक), एफसी इस्तिक्लोल (ताजिकिस्तान), एफसी गोवा (भारत)

अल नासर एएफसी च्याम्पियन्स लिग टू एफसी गोवा
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय