
News Summary
Generated by OK AI. Editorially reviewed.- सन् २०२५ को हिट फिल्म ‘होस्टेल ३’ भदौ २० देखि सिक्किम, दार्जिलिङ, सिलिगुढी, सिन्ताम, गुवाहटी, आसाम, मणिपुरसहित ५० भन्दा बढी हलमा प्रदर्शन हुने भएको छ।
- भारतमा ‘होस्टेल ३’ को वितरण गोर्खा फिल्म प्रोडक्सन र सुपर सिनेमाले गर्दैछन् भने नेपालमा यो फिल्मले ४ करोड रुपैयाँभन्दा बढी कमाइ गरेको छ।
- फिल्ममा कन्टेन्ट क्रिएटर पारस बम, सिम्रन पन्त र ‘भ्वाइस अफ नेपाल’ फेम्ड रिहान गिरीको अभिनय छ र निर्देशन सशान कँडेल सन्तोषले गरेका हुन्।
काठमाडौं । सन् २०२५ को हिट फिल्म ‘होस्टेल ३’ नेपालीभाषी बहुल भारतीय राज्यहरूमा प्रदर्शन हुने भएको छ ।
भदौ २० (सेप्टेम्बर ५०)देखि सिक्किम, दार्जिलिङ, सिलिगुढी, सिन्ताम, गुवाहटी, आसाम, मणिपुरसहित राज्यका ५० भन्दा धेरै हलमा फिल्म प्रदर्शनमा आउने जनाइएको छ ।
भारतमा यसको वितरण गोर्खा फिल्म प्रोडक्सन र सुपर सिनेमाले गर्दैछन् । यो फिल्मले नेपालमा भने ४ करोड रुपैयाँ ग्रसभन्दा धेरै कमाइ गरेको छ ।
फिल्ममा कन्टेन्ट क्रिएटर पृष्ठभूमि भएका पारस बम, सिम्रन पन्त लगायतको शीर्ष भूमिका छ । ‘भ्वाइस अफ नेपाल’ फेम्ड रिहान गिरीको पनि यसमा अभिनय छ ।
फिल्मलाई सशान कँडेल सन्तोषले निर्देशन गरेका हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4