+

एभरेष्ट महिला भलिबल लिगको प्रत्यक्ष प्रसारण हिमालय टिभी प्रिमियममा हुने

२०८२ साउन  ३० गते १८:०८ २०८२ साउन ३० गते १८:०८
एभरेष्ट महिला भलिबल लिगको प्रत्यक्ष प्रसारण हिमालय टिभी प्रिमियममा हुने

News Summary

Generated by OK AI. Editorially reviewed.
  • वात्सल्य एभरेष्ट महिला भलिबल लिगको दोस्रो संस्करण भद्र २० देखि २८ गतेसम्म सञ्चालन हुने छ ।
  • हिमालय टिभी प्रिमियमले यो लिगको प्रत्यक्ष प्रसारण अधिकार पाएको छ ।
  • लिगमा ६ टोलीमा १८ अन्तर्राष्ट्रिय खेलाडी रहनेछन् ।

३० साउन, काठमाडौं । वात्सल्य एभरेष्ट महिला भलिबल लिग (इडब्लुभी) को दोस्रो संस्करणको प्रत्यक्ष प्रसारण अब हिमालय टिभी प्रिमियम मार्फत हुने भएको छ ।

आयोजक इन्फिनिटी ड्रिम्स प्रालीले शुक्रबार प्रेस विज्ञप्ति जारी गर्दै यो प्रतिष्ठित महिला भलिबल लिगको प्रत्यक्ष प्रसारण हिमालयन टिभीले गर्ने जानकारी दिएको हो ।

वात्सल्य एभरेष्ट महिला भलिबल लिग (इडब्लुभी) को दोस्रो संस्करण भदौ २० गतेदेखि २८ गतेसम्म सञ्चालन हुने छ । यस लिगमा विश्वका विभिन्न देशका १८ अन्तर्राष्ट्रिय खेलाडीहरू सहभागी हुनेछन् । उनीहरुले विभिन्न ६ फरक टोली मार्फत प्रतिस्पर्धा गर्दैर्छन् ।

यस्तै लिगको प्रतिष्ठालाई कायम राख्न विभिन्न ६ टोलीले लोकप्रिय कलाकारहरू एम्बासडरको रुपमा समावेश गरेका छन् ।

यस लिगको प्रसारण अधिकार सम्बन्धी सम्झौता हिमालय टिभी प्रिमियम र लिगका आधिकारिक सञ्चालक कम्पनी इन्फिनिटी ड्रिम्स प्रालि बीच सुश्री मिडिया प्रालिमार्फत सम्पन्न भएको हो । यो साझेदारी यस सिजनको लागि एक महत्वपूर्ण कदम मानिएको छ ।

नेपाली खेलकुदलाई दर्शकहरुको माझ पुर्‍याउने लक्ष्यसहित एभरेर्ष्ट महिला भलिबल लिगको प्रश्यक्ष प्रशारण गर्न लागेको हिमालय टिभी प्रिमियमका जनरल म्यानेजर गोविन्द ढकालले बताए । ‘पूरै एसियामा पहिलो पटक सञ्चालन हुन लागेको वात्सल्य एभरेष्ट महिला भलिबल लिगको प्रत्यक्ष प्रसारण हाम्रो हिमालय टिभी एचडी प्रिमियम मार्फत हुने भएकोमा हामी अत्यन्तै खुशी छौं । महिला खेलकुदको विकासका लागि यो हाम्रो दायित्व पनि हो । देश विदेशबाट आउने खेलाडीहरूले यस लिग र हाम्रो च्यानलको शोभा बढाउने विश्वास हामीलाई छ ।’

यस्तै सुश्री मिडिया प्रालिका प्रबन्ध निर्देशक सुमन अधिकारी भन्छन्, ‘यो सफल साझेदारीको लागि हामी वात्सल्य एभरेष्ट महिला भलिबल लिग र हिमालय टिभी प्रिमियम दुबईलाई धन्यवाद तथा बधाई दिन चाहन्छौं । महिला खेलकुदको बढ्दो उत्साह र लोकप्रियतालाई सबैको सहयोग आवश्यक पर्ने भएकाले, हामीले यस साझेदारीको सफलतालाई गर्वको रूपमा महसुस गरेका छौं ।’

यो लिगले महिला खेलकुदको विकास र लोकप्रियता बढाउन महत्वपूर्ण भूमिका खेल्ने विश्वास लिइएको छ।नेपालको राष्ट्रिय खेल भलिबलको पहिलो महिला फ्रेञ्चाइज लिग अब हिमालय टिभी प्रिमियम एचडी मार्फत उच्च गुणस्तरीय प्रसारणमा हेर्न सकिनेछ । खेलको प्रोडक्सन अन्तर्राष्ट्रिय स्तर अनुसार गरिने आयोजकको तयारी छ ।

एभरेष्ट महिला भलिबल लिग
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय