+
+
Shares

रेसुङ्गामा ज्येष्ठ नागरिक पार्क निर्माण

अनलाइनखबर अनलाइनखबर
२०८२ भदौ २ गते १०:१८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • रेसुङ्गा नगरपालिकाले वडानम्बर–१ गेष्टहाउस टोलमा पाँच लाखको लागतमा ज्येष्ठ नागरिक पार्क निर्माण गरेको छ।
  • पार्कले ज्येष्ठ नागरिकलाई विश्राम, भेटघाट, मनोरञ्जन र स्वास्थ्य लाभका अवसर प्रदान गर्ने उद्देश्य राखेको छ।
  • नगरपालिकाले पार्क व्यवस्थापनका लागि स्थानीय टोल विकास संस्था, ज्येष्ठ नागरिक संघसँग सहकार्य गर्ने योजना बनाएको छ।

२ भदौ, गुल्मी । रेसुङ्गा नगरपालिकामा ज्येष्ठ नागरिक पार्क निर्माण गरिएको छ । वडानम्बर–१ को गेष्टहाउस टोलमा पार्क निर्माण गरिएको हो ।

ज्येष्ठ नागरिकहरूलाई विश्राम, भेटघाट तथा मनोरञ्जनका अवसर प्रदान गर्ने उद्देश्य पार्क निर्माण गरिएको वडाअध्यक्ष रामप्रसाद पन्थीले बताए । उनका अनुसार पार्क पाँच लाखको लागतमा निर्माण भएको हो ।

पार्कले स्थानीय ज्येष्ठ नागरिकलाई विश्राम, सामाजिक मेलमिलाप तथा स्वास्थ्य लाभका अवसर प्रदान गर्ने अपेक्षा गरिएको छ ।

उमेरले अगाडि बढेका नगरबासीहरूलाई सम्मानपूर्वक बाँच्न सकिने वातावरण सिर्जना गर्नु रहेको वडाअध्यक्ष पन्थीले बताए ।

उनका अनुसार नगरपालिकाले ‘ज्येष्ठ नागरिक सम्मान कार्यक्रम’ अन्तर्गत यो पार्क निर्माण गरेको हो । पार्कमा हरियालीयुक्त वातावरण, विश्रामका लागि बेञ्चहरू, छायाँ दिने संरचना र सौन्दर्यीकरणका लागि दुबो रोपिएको छ । ्

ज्येष्ठ नागरिकको स्वास्थ्यलाई ध्यानमा राख्दै मनोरञ्जनका सामग्री र समयसमयमा स्वास्थ्य चेकअप शिविरको आयोजना गर्ने नगरपालिकाको योजना छ ।

नगरपालिकाले यस्तो सुन्दर पार्क बनाइदिएको भन्दै रेसुङ्गा–१ का स्थानीय टीकाराम न्यौपानेले खुसी व्यक्त गरे । उमेर ढल्केका मानिसहरूले बिहान बेलुकी आराम गर्न, साथीभाइसँग भेटघाट गर्न र ताजा हावा खान सक्ने राम्रो ठाउँ निर्माण भएको उनले बताए ।

रेसुङ्गा नगरपालिकाले ज्येष्ठ नागरिकका लागि मात्रै नभई सबै उमेर समूहका मानिसहरूलाई लक्षित गर्दै ‘स्मार्ट, समावेशी र हरित नगर’ निर्माणको दिशामा काम गरिरहेको जनाएको छ । यो पार्क पनि त्यही योजना अन्तर्गतको एक महत्वपूर्ण पाइला हो ।

पार्क व्यवस्थापनका लागि स्थानीय टोल विकास संस्था, ज्येष्ठ नागरिक संघ तथा नगरपालिकाबीच सहकार्य गरिने भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?