
News Summary
Generated by OK AI. Editorially reviewed.- फिल्म 'परालको आगो' को अभिनय कार्यशाला काठमाडौंमा सुरु भएको छ जसमा सौगात मल्ल, प्रकाश सपुत र सुहाना थापा सहभागी छन्।
- निर्देशक लक्ष्मण सुनारले निर्देशन गर्ने फिल्मको छायांकन भदौ २६ गतेदेखि म्याग्दीमा सुरु हुने जनाइएको छ।
- गीतका शब्द सुरेन्द्र राना, मनबहादुर मुखिया र प्रकाश सपुतले लेख्नेछन् भने संगीत शान्ति ठटाल, सत्य-स्वरूप आचार्य र प्रकाश सपुतले दिनेछन्।
काठमाडौं । गुरुप्रसाद मैनालीको प्रसिद्ध कथा ‘परालको आगो’मा आधारित रहेर निर्माण हुन लागेको सोही नामको फिल्मको अभिनय कार्यशाला सुरु भएको छ ।
जितु नेपालको ठाउँमा फिल्ममा जोडिएका अभिनेता सौगात मल्लले आइतबार नै इन्स्टाग्रामबाट कार्यशालाको फोटो र भिडियो सार्वजनिक गरेका थिए ।
सौगातले सार्वजनिक गरेको फोटो र भिडियोमा उनीसहित प्रकाश सपुत, सुहाना थापा लगायतका कलाकार देखिन्छन् । कार्यशालामा सिर्जना अधिकारी, शंकर आचार्य, किशोर भण्डारी, कुलदीप अधिकारी, सरु भण्डारी र रेणु न्यौपाने पनि देखिन्छन् ।
निर्माता सुशील पोखरेल र लेखक सुशील देवकोटा पनि कार्यशालामा सहभागी छन् । निर्देशन लक्ष्मण सुनारले गर्दैछन् ।
गीतमा सुरेन्द्र राना, मनबहादुर मुखिया र प्रकाश सपुतको शब्द हुनेछ । संगीत शान्ति ठटाल, सत्य-स्वरूप आचार्य र प्रकाश सपुतले दिनेछन् ।
छायांकन आगामी भदौ २६ गतेदेखि म्याग्दीको रमणीय स्थानमा हुने जनाइएको छ ।
प्रतिक्रिया 4