
News Summary
Generated by OK AI. Editorially reviewed.- अष्ट्रेलियाको अदालतले कोभिड–१९ महामारीमा १ हजार ८२० भन्दा बढी ग्राउन्ड वर्करहरूलाई अवैध रूपमा बर्खास्त गरेकोमा क्वान्टास एयरलाइन्सलाई ५.९ करोड डलर जरिवाना लगाएको छ।
- अष्ट्रेलियन ट्रान्सपोर्ट वर्कर्स युनियनले यो निर्णयलाई स्वागत गर्दै फेयर वर्क एक्ट अन्तर्गत सबैभन्दा ठूलो जरिवाना भएको जनाएको छ।
- क्वान्टास ग्रुपकी सीईओ भानेसा हडसनले १ हजार ८२० कर्मचारी र उनका परिवारसँग माफी माग्दै अदालतको निर्णय स्वीकार गरेको बताइन्।
२ भदौ, काठमाडौं । अष्ट्रेलियाको एक अदालतले कोभिड–१९ महामारीको समयमा १ हजार ८२० भन्दा बढी ग्राउन्ड वर्करहरूलाई अवैध रूपमा बर्खास्त गरेको मामिलामा क्वान्टास एयरलाइन्सलाई ५.९ करोड डलर जरिवाना लगाएको छ।
बीबीसीका अनुसार, अष्ट्रेलियन ट्रान्सपोर्ट वर्कर्स युनियनले यस निर्णयलाई स्वागत गरेको छ । फेयर वर्क एक्ट अन्तर्गत कुनै अष्ट्रेलियाली कम्पनीमाथि लगाइएको यो अहिलेसम्मकै सबैभन्दा ठूलो जरिवाना रहेको युनियनले जनाएको छ ।
संघीय अदालतका न्यायाधीश माइकल लीले यो सजायँ अरू कम्पनीहरूका लागि पनि एउटा उदाहरण बन्ने बताए।
क्वान्टास एयरलाइन्सले अदालतले तोकेको जरिवाना तिर्ने प्रतिक्रिया दिएको छ ।
कम्पनीले यस निर्णयले आफ्ना कर्मचारीहरूलाई नोक्सान पुर्याउने कामबापत आफूलाई जिम्मेवार ठहराएको पनि बताएको छ ।
क्वान्टास ग्रुपकी सीईओ भानेसा हडसनले भनिन्, ‘हामी १ हजार ८२० ग्राउन्ड ह्यान्डलिङ कर्मचारीहरू र उनका परिवारहरूसँग माफी माग्छौं, जसले यो दुःख सहनुपर्यो।’
प्रतिक्रिया 4