
News Summary
Generated by OK AI. Editorially reviewed.- फिल्म ‘हरिबहादुरको जुत्ता’को पहिलो गीत ‘बेला बितेसी’ युट्युबमा सार्वजनिक भएको छ।
- गीतमा प्रकाश सपुत र समीक्षा अधिकारीको स्वर छ भने शब्द तथा संगीत प्रकाश सपुतकै छन्।
- फिल्म असोज १३ देखि नेपाल र अन्तर्राष्ट्रिय बजारमा दशैंको फूलपातीमा प्रदर्शनमा आउँदैछ।
काठमाडौं । दशैंको फूलपातीमा प्रदर्शन तयारीमा रहेको फिल्म ‘हरिबहादुरको जुत्ता’को पहिलो गीत ‘बेला बितेसी’ युट्युबमा सार्वजनिक भएको छ ।
प्रकाश सपुत र समीक्षा अधिकारीको स्वरमा रहेको गीतमा सपुतको शब्द तथा संगीत छ । गीतमा श्यामश्वेत रसाइलीको मिक्सिङ र मास्टरिङ छ ।
गायक तथा सर्जक सपुतले गीतमार्फत मौलिकपनको आभाष गराएका छन् । मौसम हिमालीको नृत्य निर्देशन रहेको गीतमा सपुत र स्वस्तिमा खड्का फिचर्ड छन् ।
रोमान्टिक गीतको भिडियोमा प्रकाश र स्वस्तिमाको प्रेमभाव देख्न सकिन्छ । भिडियोलाई पवन सुस्लिङ्गले खिचेका छन् ।
दीपेन्द्र के खनाल निर्देशित फिल्ममा हरिवंश आचार्य, प्रियंका कार्की, हरिहर शर्मा, दिव्यदेव पन्त, किरण केसी, राजाराम पौडेल, दिनेश काफ्ले, सीता न्यौपाने, कमलमणि नेपालको पनि अभिनय छ ।
एसएम मोसन पिक्चर्सको ब्यानरमा निर्माण भएको फिल्मलाई सरोज ओली र मोहितवंश आचार्यले निर्माण गरेका छन् । कृष्णबहादुर थापाले खिचेको फिल्मलाई नहकुल खड्काले सम्पादन गरेका छन् ।
वसन्त सापकोटा, दीपक शर्मा र प्रकाश सपुतको संगीत रहेको फिल्ममा आशिष अविरल, समिक्षा अधिकारी, मोहितवंश आचार्य, समिर खरेल र सज्जा चौलागाईंको स्वर सुन्न सकिन्छ ।
फिल्म ‘हरिबहादुरको जुत्ता’ दशैँको फूलपाती अवसरमा असोज १३ देखि नेपाल र अन्तर्राष्ट्रिय बजारमा प्रदर्शनमा आउँदैछ ।
प्रतिक्रिया 4