+
+
Shares

केपी ओलीको प्रशंसा गर्नु गलत भयो : प्रकाश सपुत

अनलाइनखबर अनलाइनखबर
२०८२ कात्तिक १० गते १५:०९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • अभिनेता प्रकाश सपुतले पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको प्रशंसा गर्नु आफूले गरेको गल्ती भएको स्वीकार गरेका छन्।
  • सपुतले ओलीको प्रशंसा गर्दा आफ्नो हाइट घटेको र व्यक्तित्वमा प्रहार भएको स्वीकार गरेका छन्।
  • सपुतले अहिले कुनै राजनीतिक व्यक्तित्वलाई प्रशंसा गर्नुको सट्टा खबरदारी गर्नुपर्ने बताएका छन्।

काठमाडौं । अभिनेता प्रकाश सपुतले आफूले पूर्वप्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको प्रशंसा गर्नु गल्ती भएको बताएका छन् ।

पछिल्लो फिल्म ‘सोल्टिनी’ प्रवर्धनको क्रममा एक टेलिभिजनलाई अन्तर्वार्ता दिँदै उनले गल्ती स्वीकारेका हुन् ।

आफूले निर्माण गरेको फिल्म ‘वसन्त’ रिलिजअघि आयोजित समारोहमा सपुतले सोही कार्यक्रममा सहभागी तत्कालिन प्रधानमन्त्री ओलीको खुलेर प्रशंसा गरेका थिए ।

संघर्ष गर्नेको लागि ओलीको जीवन प्रेरणादायी रहेको उनले बताएका थिए । ओलीको प्रशंसा गर्दा तपाईंको हाइट घट्यो र व्यक्तित्वमा प्रहार भयो भन्ने कुरा मान्नुहुन्छ भनेर सोध्दा प्रकाशले यो कुरालाई आफूले मान्ने बताएका छन् ।

‘त्यो त सार्वजनिक रुपमा देखिएको कुरा हो’ उनले भनेका छन् ।

तपाईंले केपी शर्मा ओलीको प्रशंसा गर्नु चाहिँ गलत भयो ? भनेर सोधिएको अर्को प्रश्नमा प्रकाशले ‘गलत भयो’ भनेर जवाफ दिएका छन् ।

‘त्यो समयमा कुनै राजनीतिक व्यक्तित्वलाई हामीले प्रशंसा गर्ने, फुक्र्याउनेभन्दा पनि खबरदारी गर्ने समय हो त्यो चाहिँ’ उनी भन्छन्, ‘भोलिका दिनमा पनि खबरदारी गर्नुपर्छ । अझ सरकारमा भएका व्यक्तिहरू । सरकार भनेको जिम्मेवार निकाय हो ।’

ओलीको प्रशंसा गरेपछि सपुत सामाजिक सञ्जालमा आलोचित बनेका थिए । कामको कुरा गर्दा, सपुतले अभिनय गरेको फिल्म ‘सोल्टिनी’ अहिले हलमा चलिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?