
२ भदौ, काठमाडौं । उपप्रधानमन्त्री एवं शहरी विकासमन्त्री प्रकाशमान सिंहले हाल सामाजिक सञ्जालमा प्रायोजित तवरले झुटो प्रचार हुने गरेको बताएका छन् ।
सोमबार राजधानीमा आयोजित नेपाली विशिष्ट महिलाहरुको ऐतिहासिक फोटो प्रदर्शनीमा उनले सामाजिक सञ्जालमा आएका हरेक कुरा सही नहुने बताएका हुन् ।
उनले कुन सही, कुन झुटो कुरा हो भनेर तथ्य पत्ता लगाउने बानी विकास गर्न समेत आग्रह गरे ।
‘सामाजिक सञ्जालमा प्रायोजित तवरले झुटो प्रचार गर्नको लागि पठाएका म्यासेजहरूलाई यो ठिक छैन भन्ने कुरालाई फिल्टर गर्ने क्षमता त हामीले पनि विकास गर्नुपर्यो,’ उपप्रधानमन्त्री सिंहले भने, ‘कसैले लेखिदियो भन्दैमा सबै कुरा शत प्रतिशत सही हो भन्न भएन । हामीसँग भएका वुद्धि विवेकलाई पनि हामी प्रयोग गरौं ।’
कतिपयले सामाजिक सञ्जालमा प्रायोजित तवरले झुटो प्रचार गर्नको लागी म्यासेजहरू पठाउने गरेको उल्लेख गर्दै उनले यो ठिक छैन भनेर फिल्टर गर्ने क्षमता विकास गर्नुपर्नेमा जोड दिए ।
यस्ता कुरामा आफ्नो बुद्धि विवेकलाई प्रयोग गर्नुपर्ने उनको भनाइ छ ।
‘अहिले जुन सोसल मिडियाको जमाना छ । यसमा तपाईं हामीले एउटा राम्रोसँग बुझ्नुपर्ने कुरा के हो भन्दाखेरी के झुटो समाचार हो, कुन चाँहीमा कत्तिको तथ्य छ भन्ने कुरा त हामी धर्तीमा जन्मेपछि भगवानले सबैलाई हामीलाई बुद्धि दिएको छ, विवेक दिएको छ । हामीले बुझ्नु त पर्यो,’ उनको आग्रह छ ।
प्रतिक्रिया 4