+
+
Shares

हिम स्टार ऊर्जा कम्पनीको सेयर डिम्याट खातामै रोक्का

अनलाइनखबर अनलाइनखबर
२०८२ भदौ २ गते १८:२३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • हिम स्टार ऊर्जा कम्पनीको आईपीओ निष्कासन गरी डिम्याट खातामा पठाइएको सेयर प्राविधिक त्रुटिका कारण रोक्का गरिएको छ।
  • सीडीएस एण्ड क्लियरिङ कम्पनीले सेयर रजिस्ट्रार एनआईसी एसिया क्यापिटलबाट प्राविधिक त्रुटि देखिएको र समयावधिसम्म धितोपत्र रोक्का राखिएको स्पष्ट पारेको छ।
  • कम्पनीको आईपीओ असार ३२ गते सर्वसाधारणलाई बाँडफाँट गरिएको थियो र ७७ हजार ३९७ जनाले सेयर पाएका थिए।

२ भदौ, काठमाडौं । हालै आईपीओ निष्कासन गरी डिम्याट खातामा पठाइएको हिम स्टार ऊर्जा कम्पनीको सेयर खातामै रोक्का गरिएको छ ।

सोमबार नै सो सेयर डिम्याट खातामा पठाइएकोमा प्राविधिक त्रुटि देखिएकाले रोक्का गरिएको सीडीएस एण्ड क्लियरिङ कम्पनीले स्पष्ट पारेको छ ।

‘सेयर रजिस्ट्रार तथा हस्तान्तरण प्रतिनिधि एनआईसी एसिया क्यापिटलबाट प्राविधिक त्रुटि हुन गएको देखिएकाले उक्त त्रुटि सच्याउने समयावधिसम्म सम्पूर्ण धितोपत्र रोक्का राखिएको छ’ सीडीएससीले विज्ञप्तिमार्फत भनेको छ । यद्यपि हिम स्टारको सेयर दोस्रो बजारमा सूचीकृत भइसकेको छैन ।

यसअघि असार ३२ गते कम्पनीको आईपीओ सर्वसाधारणलाई बाँडफाँट गरिएको थियो । ७७ हजार ३९७ जनाले सेयर पाएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?