+
+
Shares

हिम स्टार ऊर्जा कम्पनीको सेयर सूचीकृत, आइतबारदेखि कारोबार हुने

अनलाइनखबर अनलाइनखबर
२०८२ भदौ १२ गते ११:५८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • हिम स्टार ऊर्जा कम्पनीको ३७ लाख ३० हजार कित्ता साधारण सेयर दोस्रो बजारमा सूचीकृत भएको छ।
  • कम्पनीको ३० प्रतिशत सेयर सर्वसाधारण समूहको र ७० प्रतिशत संस्थापक समूहको छ।
  • कम्पनीले ओखलढुंगा र सोलुखुम्बुको सीमामा ५ मेगावाट क्षमताको आयोजन सञ्चालन गरेको छ।

१२ भदौ, काठमाडौं । हिम स्टार ऊर्जा कम्पनीको सेयर दोस्रो बजारमा सूचीकृत भएको छ । कम्पनीको ३७ लाख ३० हजार कित्ता साधारण सेयर सूचीकृत भएको हो ।

जसमध्ये ३० प्रतिशत सेयर सर्वसाधारण समूहको र बाँकी ७० प्रतिशत संस्थापक समूहको छ । आइतबारदेखि कम्पनीको सेयर कारोबार हुने नेप्सेले जनाएको छ ।

आरटीएस सेवा एनआईसी एसिया क्यापिटलले दिनेछ । कम्पनीले एचआईएमएसटीएआर (हिमस्टार) कोड पाएको छ ।

पहिलो पटक कारोबार हुँदा मूल्य प्रतिकित्ता ९९ रुपैयाँ १७ पैसादेखि २९७ रुपैयाँ ५१ पैसासम्म हुने छ । पहिलो कारोबारपछि दिनभर मूल्य १० प्रतिशत बढ्न वा घट्न सक्नेछ । यसअघि  कम्पनीको आईपीओ बाँडफाँटपछि  प्राविधिक त्रुटि हुन गएको देखिएकाले उक्त त्रुटि सच्याउने समयावधिसम्म सम्पूर्ण धितोपत्र रोक्का राखेको थियो ।

असार ३२ गते कम्पनीको आईपीओ बाँडफाँट भएको थियो ।  कम्पनीले ओखलढुंगा र सोलुखुम्बुको सीमामा बग्ने बुकु कापटी खोलाबाट ५ मेगावाट क्षमताको आयोजना सञ्चालन गरेको छ । यसको कुल लागत १ अर्ब २३ करोड ८५ लाख ३६ हजार १३५ रुपैयाँ तथा प्रतिमेगावाट लागत २४ करोड ७७ लाख ७ हजार ३८७ रुपैयाँ छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?