+

विज्ञापन बोर्डको निर्णय : क्यानलाई सचेत गराउने, ब्रान्ड लजिक र टिसिएमलाई जरिवानासहित ३ महिना प्रतिबन्ध

२०८२ भदौ  २ गते १९:२६ २०८२ भदौ २ गते १९:२६

बोर्डले सोमबार जारी गरेको विज्ञप्ति अनुसार दुवै संस्थाले विज्ञापन ऐन २०७६ को दफा २६ र ऐन नियमावलीको नियम ११ बमोजिम बोर्डमा सूचीकृत नभई विज्ञापन कारोबारमा संलग्न रहेको तथा प्रचलित कानुन विपरीतका विज्ञापन प्रदर्शन गरेको भन्दै जरिबाना गरिएको उल्लेख छ ।

विज्ञापन बोर्डको निर्णय : क्यानलाई सचेत गराउने, ब्रान्ड लजिक र टिसिएमलाई जरिवानासहित ३ महिना प्रतिबन्ध

News Summary

Generated by OK AI. Editorially reviewed.
  • विज्ञापन बोर्डले ललितपुरको ब्रान्ड डिजिटल लजिक प्रालि र काठमाडौंको टीसीएम स्पोर्टस एन्ड मार्केटिङ प्रालिलाई १०/१० हजार रुपैयाँ जरिबाना गरेको छ।
  • दुवै संस्थाले विज्ञापन ऐन २०७६ को दफा २६ र नियमावलीको नियम ११ विपरीत बोर्डमा सूचीकृत नभई विज्ञापन कारोबार गरेको भन्दै ३ महिना रोक लगाइएको छ।
  • बोर्डले नेपाल क्रिकेट संघलाई विज्ञापन ऐन २०७६ र नियमावली २०७७ विपरीत विज्ञापन नगर्न सचेत गराएको छ र भविष्यमा निर्देशन बेवास्ता गरेमा रोक्का राख्ने चेतावनी दिएको छ।

२ भदौ, काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) मा जुवासम्बन्धि सरोगेट विज्ञापन देखाएको भन्दै नेपाल विज्ञापन बोर्डले नेपाल क्रिकेट संघ (क्यान) अनुसन्धान गर्दै कारवाही गर्ने जनाएको छ ।

क्यानले गत वर्ष मंसिर १५ देखि पुस ६ सम्म आयोजना गरेको नेपाल प्रिमियर लिग (एनपीएल) मा विदेशी कम्पनीमार्फत जुवासम्बन्धी साइटहरूका विज्ञापन देखिएको भन्दै विज्ञापन बोर्डले सोमबार विज्ञप्ती जारी गर्दै अनुसन्धान गरी कारबाही गर्ने निर्णय गरेको हो ।

साउन २१ र २९ गते बसेको विज्ञापन बोर्डको बैठकले मंसिर १५ देखि पुष ६ गतेसम्म आयोजना गरेको एनपीएल खेलहरुको सम्बन्धमा ट्वान्टी फर्स्ट सेन्चुरी मिडिया नामक विदेशी कम्पनी मार्फत स्टार स्पोर्टस च्यानलबाट विज्ञापन सहित प्रसारण गरेको, खेलाडीको टी–सर्ट, मैदान तथा टेलिभिजन प्रसारणमा वा एक्स ब्याट,वल्फ-७७७, डाफा न्युज जस्ता बेटिङ साइटहरूको प्रचार–प्रसार भएको भन्दै यसबारे क्यानसँग पटक–पटक पत्राचार गरेपनि क्यानले सन्तोषजनक जवाफ नपठाएको भन्दै बोर्ड सचेतना सहितको निर्णय गरेको हो ।

विज्ञापन बोर्डले क्यानलाई भविष्यमा ऐन विपरीत विज्ञापन नगर्न सचेत गराउँदै, निर्देशन उल्लंघन भएमा आगामी दिनमा विज्ञापन गर्न–गराउन रोक लगाइने चेतावनी दिएको छ।

‘क्यानले बोर्डका विभिन्‍न मितिका पत्रको जवाफ पेश नगरेको र च.नं. २९ साउन २६ गतेको पत्रमा कार्य व्यस्तताको कारण पत्रहरुको जवाफ पेश गर्न नसकिएको भन्दै पेश गरेको जवाफ चित्त बुझ्दो नभएकोले विज्ञापन (नियमन गर्ने) ऐन, २०७६ को दफा १५ ट तथा विज्ञापन (नियमन गर्ने) नियमावली, २०७७ को दफा ११ख (१) बमोजिम बोर्डको निर्देशनलाई बेवास्ता गरेमा भविष्यमा विज्ञापन गर्न गराउनबाट रोक्का राख्‍ने, विज्ञापन (नियमन गर्ने) ऐन, २०७६ एवं अन्य प्रचलित ऐन तथा नियम विपरीत विज्ञापन नगर्न सचेत गराइएको ।’

यसैबीच, बोर्डले ब्राण्ड डिजिटल लजिक प्रालि, ललितपुर र टिसिएम स्पोर्ट्स एण्ड मार्केटिङ प्रालि, काठमाडौंलाई बोर्डमा सूचीकृत नभई अवैध विज्ञापन कारोबार गरेको भन्दै दुवै कम्पनीलाई १०–१० हजार रुपैयाँ जरिवाना गर्ने र तीन महिनासम्म विज्ञापनसम्बन्धी सम्पूर्ण गतिविधिमा रोक लगाउने निर्णय गरेको छ ।

‘ब्राण्ड डिजिटल लजिक प्रालि, ललितपुर र टिसिएम स्पोर्टस एण्ड मार्केटिङ प्रालि, टंगाल, काठमाण्डौले विज्ञापन (नियमन गर्ने) ऐन, २०७६ को दफा २६ र ऐ. नियमावलीको नियम ११ बमोजिम बोर्डमा सूचीकृत नभई विज्ञापन कारोबारमा संलग्न रहेको तथा प्रचलित कानून विपरितका विज्ञापन प्रर्दशन गरेकोले दुवै एजेन्सीलाई दश/दश हजार रुपैया जरिवाना गर्ने, ३ (तीन) महिनासम्म विज्ञापन वा सुचना दिन वा लिन वा विज्ञापन वा सुचना प्रकाशन वा प्रसारणसम्बन्धी कार्य गर्न रोक लगाउने र उक्त अवधिसम्म उक्त एजेन्सीलाई बोर्डमा सुचीकरण समेत नगर्ने निर्णय गरेको छ ।’

साथै विज्ञापन बोर्डले दुवै संस्थालाई ३ महिना (२०८२/०७/२० गते) सम्म विज्ञापन वा सूचना दिन वा लिन वा विज्ञान वा सूचना प्रकाशन वा प्रसारणसम्बन्धी कार्यमा रोक लगाएको छ ।

२०८२ साल कात्तिक २० गतेसम्म यी कम्पनीहरूसँग कुनै पनि प्रकारको विज्ञापन कारोबार नगर्न सम्पूर्ण विज्ञापनदातालाई अनुरोध गरेको छ ।

टीसीएम स्पोर्टस ब्रान्ड डिजिटल लजिक मार्केटिङ

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय