+
+
Shares

पूर्वपत्नीले बलात्कार र ज्यान मार्ने उद्योगमा उजुरी दिएपछि पक्राउ परे इन्स्पेक्टर

अनलाइनखबर अनलाइनखबर
२०८२ भदौ ३ गते १८:३७

३ भदौ, काठमाडौं । पूर्वपत्नीले बलात्कार र ज्यान मार्ने उद्योगमा उजुरी दिएपछि एक जना इन्स्पेक्टरलाई पक्राउ गरेर प्रहरीले अनुसन्धान अघि बढाएको छ ।

पक्राउ पर्नेमा प्रहरी प्रधान कार्यालय, नक्सालको १ नम्बर गणमा कार्यरत इन्स्पेक्टर दिनेश गुरुङ छन् ।

उनलाई अहिले जिल्ला प्रहरी परिसर ललितपुरको हिरासतमा राखिएको छ ।

उनीविरुद्ध काठमाडौं जिल्ला अदालतबाट मंगलबार बलात्कार र ज्यान मार्ने उद्योगको कसुरमा पाँच दिनको म्याद थप भएको परिसरका एसपी तथा प्रवक्ता चक्रराज जोशीले बताए ।

अहिले हिरासतमा रहेका इन्स्पेक्टर गुरुङले यसअघि सामाजिक सञ्जालमा आफू पूर्वपत्नीबाट पीडित भएको उल्लेख गरेका थिए । पूर्वपत्नी सँगै रहेकी छोरीसँग भेट्न जाँदा आफूमाथि अभद्र व्यवहार भएको दाबी उनको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?