+
+
Shares

आइजीपीदेखि इन्स्पेक्टरसम्मको तलब काटेर मृतक प्रहरीका परिवारलाई १० लाख दिइने

प्रहरीका केन्द्रीय प्रवक्ता, प्रहरी नायब महानिरीक्षक विनोद घिमिरेले प्रहरी महानिरीक्षकदेखि प्रहरी निरीक्षकसम्मको तलबबाट कट्टा गरी मृतक परिवारलाई रु १० लाखका दरले सहयोग उपलब्ध गराउने निर्णय गरिएको जानकारी दिए ।

अनलाइनखबर अनलाइनखबर
२०८२ भदौ ३० गते २०:४९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • प्रहरी नायब महानिरीक्षक विनोद घिमिरेले आन्दोलनका क्रममा मृत प्रहरीका परिवारलाई रु १० लाख सहयोग उपलब्ध गराउने निर्णय भएको जानकारी दिनुभयो।
  • सहयोग रकम प्रहरी महानिरीक्षकदेखि प्रहरी निरीक्षकसम्मको तलबबाट कट्टा गरी उपलब्ध गराइनेछ।
  • यो निर्णय भदौ २३ र २४ गते कर्तव्यपालनामा मृत्यु भएका प्रहरीका परिवारका लागि लागू हुनेछ।

३० भदौ, काठमाडौँ। नेपाल प्रहरीमा कार्यरत कर्मचारीबाट तलब कट्टा गरी मृतक प्रहरीका परिवारलाई रु १० लाखका दरले सहयोग उपलब्ध गराइने भएको छ ।

प्रहरीका केन्द्रीय प्रवक्ता, प्रहरी नायब महानिरीक्षक विनोद घिमिरेले प्रहरी महानिरीक्षकदेखि प्रहरी निरीक्षकसम्मको तलबबाट कट्टा गरी मृतक परिवारलाई रु १० लाखका दरले सहयोग उपलब्ध गराउने निर्णय गरिएको जानकारी दिए ।

उनले आज जारी गरेको सूचनामा भनिएको छ, ‘यही भदौ २३ र २४ गते आन्दोलनका क्रममा कर्तव्यपालनाको सिलसिलामा मृत्युवरण गरेका अमर प्रहरीका परिवारजनलाई प्रहरी महानिरीक्षकदेखि प्रहरी निरीक्षकसम्मको तलब कट्टा गरी प्रतिपरिवार जनही रु १० लाख उपलब्ध गराउने निर्णय भएको ब्यहोरा अनुरोध छ।’

हेर्नुहोस् प्रहरीको विज्ञप्ति :

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?