+
+
Shares

सत्तापक्षमा बस्न नाउपाले दियो संसद् सचिवालयमा निवेदन

अनलाइनखबर अनलाइनखबर
२०८२ भदौ ४ गते १३:१८

४ भदौ, काठमाडौं । नागरिक उन्मुक्ति पार्टी (नाउपा) ले सत्तापक्ष बस्ने जानकारी संसद् सचिवालयलाई दिएको छ ।

गत २२ असारमा पार्टीका सांसद गंगाराम चौधरीले सरकारलाई दिएको समर्थन फिर्ता लिएको र प्रतिपक्षीमा बस्ने भनेर निवेदन दिएको थियो ।

सोही अनुसार नाउपाका सांसदहरू प्रतिपक्षमा बस्दै आएका थिए ।

त्यसको ४५ दिनपछि हिजो अध्यक्ष रन्जिता श्रेष्ठले सत्तापक्षमा रहने जानकारीसहित संसद् सचिवालयलाई निवेदन दिएको संसद् सचिवालय स्रोतले बताएको छ ।

यो विषयमा आज बसेको कार्यव्यवस्था समितिको बैठकमा पनि छलफल भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?