+
+
Shares

राज्य व्यवस्था समितिको सभापति चयन गर्न सभामुखको ताकेता

अनलाइनखबर अनलाइनखबर
२०८२ भदौ ४ गते १३:२४

४ भदौ, काठमाडौं । सभामुख देवराज घिमिरेले प्रतिनिधिसभा अन्तर्गतको राज्य, व्यवस्था तथा सुशासन समितिको सभापति चयनका लागि ताकेता गरेका छन् ।

प्रतिनिधिसभा बैठक बस्नुअघि संसद् भवन परिसरमा बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकमा सभामुख घिमिरेले राज्य व्यवस्था समितिको सभापति चयनबारे चासो राखेका हुन् ।

कुनै पनि संसदीय दलको सभापति पद रिक्त भएको १५ दिनभित्र पदपूर्ती गर्नुपर्ने व्यवस्था प्रतिनिधिसभा नियमावलीमा छ ।

सोही अनुसार, १५ दिनभित्र सभापति चयन गर्नेगरी वातावरण मिलाउन सभामुख घिमिरेले दलहरूलाई आग्रह गरेका हुन् ।

बैठक स्रोतका अनुसार, दल प्रमुख सचेत, सचेतकहरूले भने कुनै जवाफ दिएका छैनन् । दलमा छलफल गरेर सभापति नियुक्ति प्रक्रिया अघि बढाउने तयारीमा सत्तारुढ दलहरू छन् ।

संघीय निजामती विधेयकको कुलि अफ पिरियडमा देखिएको गडबडीमाथि प्रश्न उठेपछि समिति सभापति रामहरि खतिवडाले राजीनामा दिएका थिए ।

कांग्रेसको भागमा रहेको यो समितिको सभापतिमा नेकपा एमालेले पनि पछिल्लो समय चाहना राखेको नेताहरू बताउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?