+
+
Shares

ईश्वरी न्यौपानेले दिइन् संसदीय सुनुवाइ समितिको सभापतिबाट राजीनामा

अनलाइनखबर अनलाइनखबर
२०८२ भदौ १० गते १४:२८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • ईश्वरीदेवी न्यौपानेले संसदीय सुनुवाइ समितिको सभापतिबाट राजीनामा दिएकी छन्।
  • उनले सभामुखसमक्ष सुनुवाइ समितिको सभापतिबाट राजीनामा दिएको जानकारी गराएकी हुन्।
  • राज्य व्यवस्था समितिको सभापतिमा उम्मेदवारी दिन न्यौपानेले तयारी गरिरहेकी छन्।

१० भदौ, काठमाडौं । संसदीय सुनुवाइ समितिको सभापतिबाट ईश्वरीदेवी न्यौपानेले राजीनामा दिएकी छन् ।

प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको सभापतिमा उम्मेदवारी दिनु अगाडि उनले सभामुखसमक्ष सुनुवाइ समितिको सभापतिबाट राजीनामा दिएकी हुन् ।

सुनुवाइ समितिको सभापतिबाट दिएको राजीनामा स्वीकृत भएपछि राज्य व्यवस्था समितिको सभापतिमा उम्मेदवारी दिने तयारी न्यौपानेको छ ।

राज्य व्यवस्था समितिको सभापति पदमा उम्मेदवारी दिने समय दिउँसो १ बजेदेखि दिउँसो ४ बजेसम्म तय भएको छ ।

निर्वाचन भने भोलि दिउँसो ३ बजे समितिको बैठकमै हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?