+
+
Shares

कांग्रेस बैठकमा ईश्वरी न्यौपाने : हिजो हामी के थियौं, आज के भयौं ?

केन्द्रीय समितिको बैठकमा धारणा राख्दै न्यौपानेले विगत र हालको पार्टीको अवस्थाको तुलना गरिन् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ असार १९ गते १६:४९
फाइल तस्वीर

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाली कांग्रेसकी केन्द्रीय सदस्य ईश्वरी न्यौपानेले पार्टीको विगत र वर्तमान अवस्थाको तुलना गर्दै चिन्ता व्यक्त गरिन्।
  • पार्टीभित्र गालीगलौज र गलत प्रवृत्तिहरू बढ्दै गएको बताएर सामाजिक सञ्जाल र चिया पसलमा बोल्ने प्रवृत्तिको उनले आलोचना गरिन्।
  • पार्टीभित्रको गतिविधिले कार्यकर्ताको भावनामा आघात पुगेको र गलत प्रवृत्तिहरू बाहिर फैलिएको उनको भनाइ छ।

१९ असार, काठमाडौं । नेपाली कांग्रेसकी केन्द्रीय सदस्य ईश्वरी न्यौपानेले पार्टीले विगतको छवि कायम राख्न नसकेको भन्दै चिन्ता व्यक्त गरेकी छन् ।

केन्द्रीय समितिको बैठकमा धारणा राख्दै न्यौपानेले विगत र हालको पार्टीको अवस्थाको तुलना गरिन् ।

‘एउटा मुठ्ठी मकै हातमा लिँदा खेरि १० जना साथीसँग बाँडीचुँडी गरेर मकै खाने हाम्रा कांग्रेसीहरू हुनुहुन्थ्यो । हिजो कुन कांग्रेस थियौं, आज हामी कुन कांग्रेस बन्यौं ?,’ उनले प्रश्न गरिन् ।

एक आपसमा गालीगलौजमा उत्रिने प्रवृत्ति बढ्दै गएको न्यौपानेले बताइन् ।

पार्टीभित्र बढेको गलत प्रवृत्तिप्रति उनले भनिन्, ‘सामाजिक सञ्जालमा लेखेका छौं । चिया पसलमा बोल्ने गरेका छौं, बाहिर बोल्ने गरेका छौं सभापति ज्यू, संगठन यसरी बलियो हुँदैन ।’

पार्टीभित्रका गतिविधिले कार्यकर्ताको भावनामा आघात पुगेको उनले बताइन् ।

पार्टीभित्र गल्ती भएको भए औंल्याइदिने दिने भन्दा पनि बाहिर बाहिर छरपष्ट गरिदिने कार्य भएको उनले सुनाइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?