+

दोस्रो हिमालयन फुटसल गोल्डकप भदौ १२ र १३ गते

२०८२ भदौ  ४ गते १४:३७ २०८२ भदौ ४ गते १४:३७
दोस्रो हिमालयन फुटसल गोल्डकप भदौ १२ र १३ गते

News Summary

Generated by OK AI. Editorially reviewed.
  • हिमालयन फुटबल क्लबले दोस्रो हिमालयन फुटसल गोल्डकप भदौ १२ र १३ गते आयोजना गर्ने जानकारी दिएको छ।
  • प्रतियोगिताको विजेताले तीन लाख, उपविजेताले एक लाख पुरस्कार पाउनेछन् भने विधागत पुरस्कार पनि तोकिएको छ।
  • टिम दर्ताको लागि १५ हजार तोकिएको छ र काठमाडौं बाहिरबाट आउने टिमलाई खाना र आवासको व्यवस्था आयोजकले गर्नेछ।

४ भदौ, काठमाडौं । हिमालयन फुटबल क्लबको आयोजना दोस्रो हिमालयन फुटसल गोल्डकप भदौ दोस्रो साता हुने भएको छ। बुधबार पत्रकार सम्मेलनमार्फत आयोजकले यही भदौ १२ र १३ गते हुने जानकारी दिएको हो।

प्रतियोगिताको विजेताले तीन लाख पाउनेछ भने उपविजेताले एक लाख पाउनेछ। यस्तै, विधागततर्फ अनुशासित टिमले २० हजार पाउनेछ। सर्वोत्कृष्ट खेलाडी र उत्कृष्ट गोलरक्षकले समान १० हजार पाउनेछ भने उत्कृष्ट म्यानेजर र उत्कृष्ट कोचले समान ५ हजार पाउनेछ।

टिम दर्ताको लागि १५ हजार तोकिएको छ। टिम दर्ताको लागि ५ गतेसम्म मिति तय गरिएको छ भने खेल तालिका भदौ १० गते सार्वजनिक हुनेछ।

प्रतियोगितामा काठमाडौं उपत्यका भन्दा बाहिरबाट आउने टिमलाई खाना र आवासको व्यवस्थापन आयोजकले नै गरेको क्लबका अध्यक्ष विनोद कार्कीले बताए।

हिमालयन फुटसल गोल्डकप

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय