+
+
Shares

ललितपुरमा ट्याक्सी चालकमाथि खुकुरी प्रहार गर्दै लुटपाट, २ जना पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०८२ भदौ ४ गते १६:२७

४ भदौ, काठमाडौं । ललितपुरमा ट्याक्सी चालकमाथि खुकुरी प्रहार गर्दै लुटपाट भएको छ । यो घटनामा संलग्न भएको आरोपमा २ जना पक्राउ छन् ।

पक्राउ पर्नेहरूमा खोटाङ घर भई ललितपुर बस्दै आएका २६ वर्षीय सिसन राई र १८ वर्षीय सविन राई छन् ।

उनीहरूलाई ललितपुर प्रहरीले पक्राउ गरेको हो । १ भदौको राति ३ बजेतिर एक ट्याक्सी चालकलाई खुकुरी प्रहार गरी लुटपाट गरेको आरोप छ ।

बीएच ९३४५ नम्बरको ट्याक्सीका चालक बद्री नगरकोटीलाई हात्तीवनबाट ठैबतर्फ जाउँ भन्दै ट्याक्सीमा चढेको र ठैब पुगेपछि ट्याक्सी रोक्न लगाउँदै खुकुरी प्रहार गरेको आरोप छ ।

खुकुरी प्रहारबाट ट्याक्सी चालकको गर्धन र देब्रे हातमा चोट लागेको थियो । त्यसपछि चालकसँग भएको मोबाइल, नगद सिक्री लुटेर उनीहरू फरार भएको ललितपुर परिसरका प्रवक्ता चक्रराज जोशीले बताए । उनीहरूलाई खुकुरी सहित पक्राउ गरिएको प्रहरीले बताएको छ ।

पक्राउ परेकाहरूविरुद्ध ज्यान मार्ने उद्योग र डाँका–चोरी  मुद्दामा अनुसन्धान हुने प्रहरीले बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?