
News Summary
Generated by OK AI. Editorially reviewed.- गोरखामा खेतमा पानी लगाउने कुलोको निहुँमा विवाद हुँदा बाबुकाजी बस्नेतले भाइ खोपबहादुर बस्नेतलाई खुकुरी प्रहार गरेका छन्।
- पक्राउ परेका बाबुकाजीविरुद्ध ज्यान मार्ने उद्योग कसुरमा मुद्दा दर्ता भई अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
- घाइते खोपबहादुरलाई गोरखा अस्पतालबाट चितवन रिफर गरी पछि काठमाडौंमा उपचार भइरहेको छ।
१८ साउन, गोरखा । गोरखामा खेतमा पानी लगाउने कुलोको निहुँमा विवाद हुदाँ भाइमाथि एक व्यक्तिले खुकुरी प्रहार गरेका छन् ।
प्रहरीका अनुसार गोरखा नगरपालिका–३ घलाङस्थित राटमाटेका बाबुकाजी बस्नेतले भाइ खोपबहादुर बस्नेतलाई खुकुरी प्रहार गरेका हुन् ।
‘शुक्रबार राति करिब १० बजेको समयमा दाजुभाइबीच कुलोको निहुँमा वावविवाद भएको रहेछ,’ प्रहरी निरीक्षक ध्रुवप्रसाद शर्माले भने, ‘सोही क्रममा बाबुकाजीले भाइ खोपबहादुरलाई खुकुरीले हानेछन् ।’
धारिलो हतियार र लौरेले शरीरका विभिन्न भागमा प्रहार गरी गम्भीर घाइते बनाएको भनी जाहेरी प्राप्त भएपछि बाबुकाजीलाई पक्राउ गरिएको शर्माले जानकारी दिए ।
पक्राउ परेका बाबुकाजीविरुद्ध ज्यान मार्ने उद्योग कसुरमा मुद्दा दर्ता भई आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
घाइते हाल काठमाडौंमा उपचारत छन् । प्रहरीका अनुसार उनको टाउको, पेट र हातमा चोट लागेको छ ।
गोरखा अस्पतालमा सामान्य उपचार पश्चात चितवन रिफर भएका उनलाई चितवनबाट काठमाडौं रिफर गरिएको प्रहरी निरीक्षक शर्माले बताए ।
प्रतिक्रिया 4