+
+
WC Series
Won लुम्बिनी लायन्स 2025
136/6 (19.1)
VS
Lumbini Lions won by 4 wickets
जनकपुर बोल्ट्स 2025
132/6 (20)
Shares

सँगै खोला तर्दै गरेका बुद्धवीर र च्याङ्बालाई एक्कासि आएको बाढीले बगायो

लेटाङ बजारबाट घरतर्फ फर्किने क्रममा लेटाङ–६ लामिटारस्थित बगुवा भन्ने ठाउँबाट साँझ साढे ५ बजे खाेलाले उनीहरूलाई बगाएको थियो ।

अनलाइनखबर अनलाइनखबर
२०८२ भदौ ४ गते २०:००

४ भदाै, विराटनगर । मोरङको लेटाङमा बजारबाट घर फर्कँदै गरेका दुई जनालाई चिसाङ खोलाले बगाएको छ ।

बुधबार साँझ लेटाङ नगरपालिका–१ अमलबोटेका अन्दाजी ७५ वर्षीय बुद्धवीर तामाङ र लेटाङ–२ किराँत चोकका ५० वर्षीय च्याङ्बा भनिने टिंके घिसिङलाई खोलाले बगाएको हो ।

लेटाङ बजारबाट घरतर्फ फर्किने क्रममा लेटाङ–६ लामिटारस्थित बगुवा भन्ने ठाउँबाट साँझ साढे ५ बजे खाेलाले उनीहरूलाई बगाएको थियो ।

मोरङ प्रहरीका डीएसपी हस्तबहादुर सुनुवारका अनुसार करिब ८ सय मिटर बगाएको अवस्थामा बुद्धवीरको शव फेला परेको थियो । घिसिङको शव भने करिब ९ सय मिटर तल खोलाको बीच भागमा फेला परेको थियो ।

प्रहरीका अनुसार उनीहरू खोलामा सँगै तर्दै थिए । बहाव सामान्य बढेको खोलाले दुवैलाई बगाएको थियो ।

मृतककाे शव पाेस्टमार्टमका लागि वीपी काेइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएकाे प्रहरीले बताएकाे छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?